काठमाडौं उपत्यकामा भीषण बाढी,घर–घरमा पस्यो बाढी !
काठमाडौं । शुक्रबार रातिदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा पानीको सतह ह्वात्तै बढेको छ । कोरिडोरको नाउँमा नदी साँघुर्याउँदा वर्षाको पानीले नदी दायाँबायाँका क्षेत्र डुबानमा परेका छन् ।
वर्षा नरोकिएकाले नदीहरुमा पानीको सतह निरन्तर बढिरहेको छ । बागमती नदीको दायाँबायाँ रहेको शंखमुल, टेकु, सानेपा, बल्खु क्षेत्र पूरै डुबानमा परेको छ । बागमती करिडोरसमेत डुबानमा परेको छ ।
काठमाडौं उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको छ । उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमती, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपति क्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको गरिएको छ ।
बल्खुको सुकुमबासी बस्ती पनि डुबानमा परेको छ । त्यहाँको तरकारी बजारमा समेत पानी पसेको छ। मनोहरा खोलामा आएको बाढीका कारण ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय परिसरमा पनि पानी पसेको छ ।
टेकु दोभान देखिकै नदी किनारका क्षेत्र यतिखेर जलाम्मे छ । कुलेश्वर फलफूल बजारको तल्लो भाग पनि आंशिक डुबानमा परेको छ । टेकु आवास क्षेत्र समेत डुबेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #उपत्यकाका बागमती, #भीषण बाढी, #हनुमन्तेलगायतका खोला
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्