कांग्रेस र एमालेले समर्थन गरेपछि मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वासको मत प्राप्त गरेका छन् । शनिबार बसेको प्रदेशसभाको बैठकमा उपस्थित १०१ सांसदमध्ये उनको पक्षमा ६७ मत परेको हो ।
सभामुख रामचन्द्र मण्डलले विपक्षमा ३४ मत खसेको र पक्षमै बहुमत भएकाले मुख्यमन्त्री सिंहले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
कुल १०७ सदस्य रहेको मधेश प्रदेशसभामा केन्द्रमा बनेको सत्ता समीकरणमा रहेका नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३ र लोसपाका ९ सांसद छन् ।
विपक्षी बनेका जनता समाजवादी पार्टीका १९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका सात, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना प्रदेशसभा सदस्य रहेका छन् ।
मधेश प्रदेशसभामा चौथो ठूलो दलका रूपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मधेश प्रदेश, #मुख्यमन्त्री सतीशकुमार, #सतीशकुमार सिंह
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्