कांग्रेस र एमालेले समर्थन गरेपछि मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वासको मत प्राप्त गरेका छन् । शनिबार बसेको प्रदेशसभाको बैठकमा उपस्थित १०१ सांसदमध्ये उनको पक्षमा ६७ मत परेको हो ।
सभामुख रामचन्द्र मण्डलले विपक्षमा ३४ मत खसेको र पक्षमै बहुमत भएकाले मुख्यमन्त्री सिंहले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
कुल १०७ सदस्य रहेको मधेश प्रदेशसभामा केन्द्रमा बनेको सत्ता समीकरणमा रहेका नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३ र लोसपाका ९ सांसद छन् ।
विपक्षी बनेका जनता समाजवादी पार्टीका १९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका सात, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना प्रदेशसभा सदस्य रहेका छन् ।
मधेश प्रदेशसभामा चौथो ठूलो दलका रूपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मधेश प्रदेश, #मुख्यमन्त्री सतीशकुमार, #सतीशकुमार सिंह
ताजा खबर
- १चैत १९ गते संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
- २ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
- ३पूर्णबहादुर खड्काले भने– संसद् भित्र तपाईं, बाहिर हामी सँगसँगै छौं
- ४रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
- ५कांग्रेसमा छुट्टै भेलाबारे शेखरले भने–पहिले पनि गरिराखेकै हो, अहिले पनि हुन्छन्



तपाईको कमेन्ट लेख्नुहोस्