गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा अन्तिम बहस आज, आजै फैसला आउन सक्ने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज अन्तिम बहस हुँदैछ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा पेशी रहेको मुद्दामा असार ७ गते बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा रिट निवेदक र सरकारी वकिलको मात्र बहस सकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
मंगलबार लामिछानेका तर्फबाट बहस हुनेछ। त्यसपछि नपुगेको जवाफी बहस सकेर फैसला सुनाउने छ । सर्वोच्चले आजै बहस सकेर फैसला सुनाउने सम्भावना रहेको देखिन्छ । सर्वोच्चले सहकारीका विषयमा लामिछानेका बारेमा गर्ने व्याख्याले उनको आगामी दिनबारे निर्णय दिने छ ।
गत शुक्रबार रिट निवेदकका तर्फबाट अधिवक्ता अनुपम भट्टराई, रमण कर्ण वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए । उनीहरूको बहसपछि सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता टेकप्रसाद घिमिरे, सहन्यायाधिवक्ता सूर्य दाहाल लगायतले बहस गरेका थिए ।
बहसमा लामिछानेलाई निलम्बनको माग रिट निवेदकले उठाएका थिए भने सरकारी वकिलले महान्यायाधिवक्ता कार्यालयबाट जारी भएको पत्रले क्लिन चिट दिएको नभई सूचना मात्र दिएको दाबी गरिएको थियो । सरकारका तर्फबाट उक्त रिटको औचित्य नभएकाले खारेज हुनुपर्ने माग गरिएको थियो ।
आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमेश बडाललगायतले बहस गर्ने छन् । उनीहरूको बहसपछि रिट निवेदक अधिवक्ता भट्टराई र रमण कर्णले जवाफी बहस गर्ने तयारी गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गृहमन्त्री रवि लामिछाने, #रवि लामिछाने
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्