Techie IT
  • ११ भदौ २०८२, बुधबार

फुलकोर्ट पुग्यो वरिष्ठ अधिवक्ताको उपाधि पाउने वकिलहरूको सूची


काठमाडौँ । सर्वोच्च अदालतले दिँदै आएको वरिष्ठ अधिवक्ताको उपाधि दिने सम्बन्धी सूची समितिले फुलकोर्टमा पेश गरेको छ । सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुलकोर्ट) मा प्रस्तावित वरिष्ठ अधिवक्ताहरूको सूची पेस भएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा मुख्य रजिस्ट्रार देवेन्द्र ढकालले सिफारिस समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वरिष्ठ अधिवक्ताको उपाधि दिनका लागि न्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा ५ सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले विभिन्न आधार र मापदण्ड हेरी वरिष्ठ अधिवक्ताको उपाधि दिन सकिने सम्भावित कानुन व्यवसायीको सूची तयार गरेको थियो ।

राउत नेतृत्वको समितिले करिब डेढ सय कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न सिफारिस गरेको छ ।

वरिष्ठता, पेसामा सक्रिय निरन्तरता, आचार संहिता उल्लंघन तथा फौजदारी कसुरमा पनि सजाय नपाएकोलगायतका मापदण्डका आधारमा सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता उपाधि प्रदान गर्छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अदालतका सबै, #फुलकोर्ट, #वरिष्ठ अधिवक्ता

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं