सन्दीप लामिछानेलाई विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न आईसीसीको अनुमति
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अनुमति दिएको छ ।विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समेट्न नेपाल क्रिकेट संघ क्यानले गरेको प्रस्तावलाई आईसीसीले स्वीकृत गरेको हो ।
योसँगै क्यानले सन्दीपलाई त्यसतर्फ पठाउने तयारी गरेको छ । यसअघि नै टी–२० विश्वकप क्रिकेटका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली त्यहाँ पठाइसकेको छ ।
त्यतिबेला सन्दीपको मुद्दा अदालतमा विचाराधीन भएकाले टोलीमा समेटिएका थिएनन् । बलात्कार मुद्दामा सन्दीपले सफाई पाएसँगै विश्वकप खेल्ने बाटो खुलेको हो । अव सन्दीप क्रिकेट खेल्न अमेरिका जाने छन् ।
क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आईसीसीको अनुमति, #सन्दीप लामिछाने
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्