लहानमा बम पड्काएर ६ घर लुटियो, दुई स्थानीय गम्भीर घाइते
सिरहा । जिल्लाको लहान नगरपालिका–१७ हरिपुर टोलमा गएराति ६ घरमा लुटपाट भएको छ । ११ बजे रातिदेखि डाकाहरुले बम पड्काएर लुटपाट गरेका छन् । बम पड्किंदा स्थानीयहरु घाइते भएका छन् ।
स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घर लुटिएको छ । डाकाहरुले नगद, गरहना लुटेका हुन् ।
डाकालाई प्रतिकार गर्न खोज्दा गम्भीर घाइते भएका योगेन्द्र यादव र निरंजन यादवलाई उपचारका लागि विराटनगर पठाइएको छ । अन्य घाइते रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
डाकाबाट पीडित भएका परिवारलाई राहत र घाइतेलाई उपचारका लागि लहान नगरपालिकाबाट एक–एक लाख रुपैयाँ उपलब्ध गराउने मेयर महेश चौधरीले जनाएका छन् । मेयर चौधरीले गाउँमै पुगेर घटनाबारे जानकारी लिएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्