दक्षिण एसियाली महिला सम्मेलन आजदेखि
काठमाडौं । दक्षिण एसियाली महिला सम्मेलन आइतबार ललितपुरमा शुरु हुँदैछ। ग्रामीण पर्यटनमा दिगो विकास र महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर सम्मेलन शुरु हुन लागेको हो । सम्मेलनको उद्घाटन बिहान ९ बजे हुनेछ ।
वित्तीय पहुँच, बजारीकरण, डिजिटल प्रविधि र व्यावसायिक विकास छलफलको मुख्य विषय रहनेछन् । नेपालमा पहिलो पटक हुन लागको सम्मेलनले दक्षिण एसियाली महिलाले सञ्चालन गरेको लघु, साना र मध्यमस्तरका व्यवसाय प्रवर्र्धन गर्ने, लैंगिक ‘डिजिटल ग्याप’लाई कम गर्न पुलको काम गर्नुका साथै महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने अपेक्षा गरिएको आयोजकले बताएको छ ।
लघु, साना र मध्यमस्तरका व्यवसायहरुलाई विशेष जोड दिँदै ग्रामीण पर्यटन, कृषि र जलवायु परिवर्तनजस्ता विषयमा पनि सम्मेलनमा छलफल हुनेछ । सम्मेलन जेठ १ गते सम्म चल्ने छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दक्षिण एसियाली महिला
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्