जीबी राईलाई प्रचण्डले भगाएको रवि लामिछानेको आरोप
काठमाडौं । गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन् ।
चितवनमा शनिबार बिहान पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले भगाएको मान्छेलाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन् । जीबी राई किन पक्राउ पर्न किन नसकेको भन्ने पत्रकारको प्रश्नमा उनले नियन्त्रणमा लिन प्रयास भइरहेको छ । तर, यत्रा समस्या आउँदाआउँदै भगाएको चाहिं किन भन्ने प्रश्न सोध्न सकिन्छ नि ?’ प्रतिप्रश्नसहित जवाफ दिएका थिए ।
त्यसपछि उनले भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकोले हरकोसिस भएको बताए । लगत्तै पत्रकारले कसले भगाएको हो त भन्ने प्रश्न गर्दा उनले जवाफ दिए, ‘भाग्दाखेरी सरकारमा को थियो ?
गृहमन्त्री लामिछानेले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता भएकोले समय लागेको बताएका थिए । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी र पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीबी राई मुछिएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जीबी राई, #रवि लामिछाने
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्