सुदूरपश्चिममा नेकपा एसको सरकार टिक्न नदिने एमालेको रणनिति
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको तत्काल विश्वासको मत लिने तयारीमा ब्रेक लागेको छ । हिजो विश्वासको मत लिने गरि मुख्यमन्त्री सोडारीले तयारी गर्नुभएको थियो । तर, एमाले सहमत नहुँदा कार्य व्यवस्था परामर्श समितिको बैठक नै बस्न सकेन ।
अन्तिममा हिजोको प्रदेश सभा बैठक शनिबार ५ ः ३० बजे सम्मको लागि स्थगित गरिएको थियो । शुक्रवारको बैठक पनि आफूहरूसँग सल्लाह नगरी राखिएको र शनिवार पनि परामर्श बिना नै मुख्यमन्त्रीले सारेको एमालेले आरोप लगाएको छ ।
बझाङको उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताएको थियो । अहिले एमालेले मत नदिने भएपछि आज मुख्यमन्त्री सोडारीले विश्वासको मत नलिने भएपछि बैठक नै स्थगित गरिएको छ ।
विश्वासको मतकै लागि आज आह्वान गरिएको प्रदेश सभा बैठक पनि अनिश्चितकाललाई स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । अब थप छलफल र परामर्श गरेर विश्वासको मतको लागि अर्को मिति निर्धारण गरिने बताइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्