Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

मध्यरातमा सन्दीपको स्टाट्सः ममाथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्छु


काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान स्पिनर सन्दीप लामिछानेले लगातार स्टाट्स लेखिरहेका छन् । उनले मध्यरातमा स्टाटसबाटै आफनो पीडा पोखेर गुनासो गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो पटक खेल्न लागेको टी–२० विश्वकपका लागि १५ सदस्यीय स्क्वाड घोषणा गरे लगतै लगातार स्टाटस लेखेका हुन् ।

उनले टोली घोषणाा भएपछि दुई वटा स्टाटस लेखेका थिए भने अन्तिम स्टाटस राति १२ बजे सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका थिए । लामो समयपछि पहिलो पोस्टमा इमोजी मात्र पोस्ट गरे । दोस्रो स्टाटसमा आफू षड्यन्त्रको शिकार भएको बताए ।

‘मैले लामो समय पोस्ट गर्नबाट आफूलाई टाढा राखें । म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ’, उनले लेखेका छन् ।

तेस्रो स्टाटसमा भने यस षड्यन्त्रको भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्,‘ म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन्।’

सन्दीप बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका छन् । जिल्लाको फैसलामाथि उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ । पटक–पटक पेशी तोकिएपनि सुनुवाई हुन सकेको छैन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #छिट्टै सार्वजनिक, #नेपाली क्रिकेट टोली, #मध्यरातमा स्टाटस, #सन्दीप लामिछाने

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं