इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदान भयोः निर्वाचन आयोग
काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बझाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचनको मतदान सकिएको छ । दुबै ठाउँमा मतदान शान्तिपूर्ण र उत्साहपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । तर, दुबै क्षेत्रमा ४ मंसिर २०७९ मा भएको चुनावमा भन्दा कम मतदान भएको छ ।
इलाम–२ मा ५८ प्रतिशत र बझाङ–१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ५० प्रतिशत मतदान भएको आयोगले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यद्यपि निर्वाचन आयोगले मतदानको विवरण आयोगको प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको बताएको छ ।
उपनिर्वाचनमा इलाम–२ मा १ लाख १५ हजार ८८९ मतदाता र बझाङ–१ प्रदेश सभा क्षेत्रमा ६१ हजार ७४८ मतदाता थिए । ४ मंसिर २०७९ मा इलाम– २ मा ५९ दशमलव ७८ प्रतिशत र बझाङ– १ प्रदेशसभा निर्वाचन क्षेत्रमा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो ।
इलाममा इलाम नगरपालिका– ७ स्थित गौतम बुद्ध सभागृहमा साँझ ११ः ०० बजेभित्र मतपेटिका संकलन हुने आयोगले जनाएको छ । तर, बझाङमा भने हवाइ मार्गबाट पनि मतपेटिका ढुवानी गर्नुपर्ने भएकाले आइतबार विहान १० बजेभित्र ढुवानी भइसक्ने व्यवस्था मिलाइएको छ ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपनिर्वाचनको मतदान, #प्रतिनिधिसभा र, #प्रदेशसभा सदस्य
ताजा खबर
- १सन्तान र जीवनसाथी गुमाएको पीडा सुनाउँदै प्रचण्डले भने, ‘मलाई खलनायक बन्ने छुट छैन’
- २पशुपति माविमा मुसिकोट नगरपालिका स्तरीय चौथो ‘मेयर कप’
- ३कांग्रेस मुसिकोटको बैठकः घरदैलो र मतदाता भेटघाटलाई तीव्रता दिइने
- ४अजयबाबुको अभियानले गर्माउँदै दोलखाको चुनावी माहोल
- ५रहेनन् बालेनको प्रचारमा हिँडेका पत्रकार दिनेश सिटौला, के हो घटना ?



तपाईको कमेन्ट लेख्नुहोस्