Techie IT
  • २८ असार २०८२, शनिबार
KhojPatrika

इलाम क्षेत्र नम्बर २ का उम्मेद्वारले गरे मतदान, १९ जना चुनावी प्रतिष्पर्धामा


इलाम । इलाम क्षेत्र नं. २ मा मतदान शुरु भएको छ। सबै १४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान शुरु भएको हो । शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ७४५ कर्मचारी, एक हजार ५२३ नेपाल प्रहरी, ७१० सशस्त्र प्रहरी बल, ४५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका छन् । यो चुनावमा एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन्।

आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार ८६९ महिला र दुई जना तेस्रोलिङ्गी छन्। नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त स्थानका लागि इलाम(२ मा निर्वाचन हुन लागेको हो । यहाँ १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभा इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । इलाम नगरपालिका–७ महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको केन्द्रमा उनले मत हालेका हुन् । मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनता नयाँ युगतर्फ बढ्न अग्रसर देखिएको बताएका थिए ।

इलाम–२ मा नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डम्बर खड्काले मतदान गरेका छन् । महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट खड्काले मतदान गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आविमा रहेको मतदान स्थलमा मतदान गरेका छन् । माङसेबुङ २ स्थयी घर भएका लिम्बूले जनताकल्याण आवि मा रहेको मतदान स्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका हुन् । सोही मतदान स्थलको क केन्द्रमा इलामका जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले समेत मतदान गरेका छन् ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मतदान शुरु, #शान्तिपूर्ण एवं भयरहित

तपाईको कमेन्ट लेख्नुहोस्