बैशाख १२ गतेको विनाशकारी भूकम्पको ९ वर्ष पूरा
काठमाडौं । वैशाख १२ को विनाशकारी भूकम्पको ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो । मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७।६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७० जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ ।
२२ हजार भन्दा घाइते भए । पाँच लाख ११ हजार ३९० घर ध्वस्त भए । दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुग्यो । भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो ।
भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो । यो भूकम्पका करिब सात खर्ब छ अर्ब बराबरको क्षति भएको अनुमान गरिएको थियो ।
यो महाभूकम्पको पुनर्निर्माणमा पौने चार खर्ब सकिएको छ । तर, नौ वर्षमा अझै ९२ हजार विस्थापित परिवारका घर पुनर्निर्माण हुन सकेका छैनन् । सिंहदरबार र धरहरालगायत अन्य कतिपय पुरातात्त्विक संरचना पनि अधुरै छन् ।
पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समेत २०७८ पुस ९ मा विघटन भइसकेको छ । गोरखा भूकम्पको सम्झनामा खानी तथा भूगर्भविभागको बुधबार बृहत् फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गोरखाको बारपाक, #भूकम्पको ९ वर्ष पूरा, #विनाशकारी भूकम्प
ताजा खबर
- १रास्वपालक्षित प्रचण्डः सञ्जालमा हाहा र हुहु गरेर केही हुन्न
- २गगन थापाको सन्देश– बदलिएको कांग्रेसले सिद्धान्तसँग सम्झौता गर्दैन, सत्तामा जान जोसँग पनि मिल्दैन
- ३धाँधलीको आशंका गर्दै ओलीले भने-भ्याइँदैन भने मिति सार, चुनाव एकै दिन हुनुपर्दछ
- ४स्वास्थ्य बीमाका लागि बजेट आउँछ, समस्या तत्काल समाधान गर्छुः प्रधानमन्त्री कार्की
- ५निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान



तपाईको कमेन्ट लेख्नुहोस्