मालदिभ्सको संसदमा भारत विरोधी राष्ट्रपति मुइज्जुको बहुमत
काठमाडौं । मालदिभ्समा ‘भारत छोड’ अभियान चलाएर चर्चामा आएका राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टी पिपुल्स नेशनल कांग्रेस (पीएनसी)ले संसदमा भारी बहुमत हासिल गरेको छ । आइतबार ९३ सिटका लागि मतदान भएको थियो । तीमध्ये मुइज्जुको पार्टीले ६६ सिटमा जित हासिल गरेको मालदिभ्सको चुनाव आयोगले जनाएको छ ।
यसैगरी पूर्वराष्ट्रपति मोहम्मद सोलिहको पार्टी माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी)ले १२ र स्वतन्त्र उम्मेदवारहरुले १० सिट जितेका छन् । गत वर्ष सेप्टेम्बरमा भारत निकट मानिने मोहमम्द सोलिहलाई हराएर चीन निकट मानिने मुइज्जु राष्ट्रपति बनेका थिए । तर संसदमा भने सोलिहकै मालदिभियन डेमोक्रेटिक पार्टीको बहुमत थियो ।
आइतबार स्थानीय समय अनुसार साँझ पाँच बजेसम्म करिब दुई लाख जनाले मतदानमा भाग लिएका थिए । ७२।९६ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।
९३ सिटका लागि भएको निर्वाचनमा ३६८ जना उम्मेदवार थिए । तीमध्ये १३० उम्मेदवार स्वतन्त्र थिए । मालदिभ्सको मिडिया हाउस द एडिसनका अनुसार यो चुनाव राष्ट्रपति मुइज्जुको ६ महिने कार्यकालको परीक्षा थियो । उनी सन् २०२३ को सेप्टेम्बरमा ‘इण्डिया आउट’ अभियान चलाएर देशको राष्ट्रपति चुनिएका थिए ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्