Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
KhojPatrika

राप्रपाको मतले चुनाव जितेर ठूला कुरा नगर्न एमाले अध्यक्ष ओलीलाई माधव नेपालको चुनौति


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा खेलकुद प्रतियोगिता गरेकामा असन्तुष्टि जनाएका छन् ।

शनिबार पार्टीको कोशी प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओलीमा व्यक्तिवाद भएकाले आफ्नै नाममा खेलकुद प्रतियोगिताहरु गरेको टिप्पणी गरेका हुन् ।

‘एउटा पार्टी छ, जसले आफ्नो नेताको नाममा प्रतिष्ठान खोलिदिएको छ । आफ्नै नेताको नाममा खेलकुद प्रतियोगिता गरिदिएको छ । ज्युँदै फेरि । पुष्पलालको नाममा भएको भए राम्रै हुन्थ्यो । मनमोहनजीको नाममा भएको भए गज्जबको राम्रो हुन्थ्यो । मदन भण्डारीको नाममा भएको भए क्यावातको कुरा हुन्थ्यो’, अध्यक्ष नेपालले भने ।

नेकपा एमालेको खेलकुद संगठनले केपी ओली कप फुटबल र केपी ओली कप क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । अध्यक्ष नेपालले २० वर्ष अझै पार्टीको नेतृत्व गर्छु भने पनि ओलीलाई चुनौती दिनेहरु नजन्मिएको दाबी गरे ।

ओलीले पार्टीमा धेरैलाई मानमर्दन गरेको नेपालले बताए । ‘समाजमा सम्बन्धहरु किन बिग्रन्छन् रु किनभने व्यवहार गर्न नजानेर । अहंकार बोकेर । अरुको मानमर्दन गरेर । अनि अरुलाई दास सरह व्यवहार गरेर’, उनले भने । राप्रपाको मतबाट जितेर धेरै ठूला कुरा नगर्न ओलीलाई नेपालले चुनौति दिए ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं