सुमनाको ‘टालेको सट’ सस्तो लोकप्रियताका लागि नाटक गरेको ज्ञानेन्द्र शाहीको टिप्पणी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले फेसकुबमा स्टाटस लेख्दै शिक्षामन्त्री सुमना श्रेष्ठमाथि कडा टिप्पणी गरेका छन् । सुमनाले सस्तो लोकप्रियताका लागि टालेको सट लगाएको भन्दै उनले टिप्पणी गरेका हुन् ।
शाहीले लेखेका छन्ः
‘सस्तो लोकपिरियताको लागि कति नाटक गर्छौ ? अमेरिकाको MIT university को कलेज फिस ७६ लाख ५४ हजार १५२ रुपैया तिर्न सक्नेले एउटा ३५० रुपैयाको सट किन्न्न सक्दैन रे ? अनि काठमाडौमा फेरि–फेरि गाडी चढ्ने सक्ने र एन्जिओबाट महिनाको ३ लाख तलब खान सक्नेले साथै मन्त्रीकोरुपमा करिब महिना कै ९० हजार तलब खानसक्ने, काठमाडौंको ५ स्टार होट्लमा बिदेशी श्रीमान सँग दिनको २० हजारको डिनर गर्नेले जाबो ३५० रुपैयाँको एउटा सट किन्न सकिँदैन रे ?
तिम्रो नाटक एउटाले क्यामरा बोक्ने एउटाले च्यातिएको सट घरबाट लगाएर आउने अनि फोटो खिच्ने र बिदेशमा रहेका केही पैसा खाएर काम गर्ने भक्तेले फोटो हाल्ने र वाव र ग्वाउँ गर्दै भजन गाउने बिचार सोझा–सझा जनता लाई उल्लु बनाउने ? तिमहिहरु भन्दा राम्रो नाटक त धुर्मुस सुन्तलीले पनि गर्ने सक्दैनन् ।’
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #ज्ञानेन्द्र शाही, #शिक्षामन्त्री सुमना श्रेष्ठ
ताजा खबर
- १प्रधानमन्त्रीले विश्वविद्यालयको सबै भारी बोकेर हिँड्न सक्दैनः प्रधानमन्त्री कार्की
- २कुलमानको ‘उज्यालो नेपाल पार्टी’ र अभियन्ता सुनारको ‘हाम्रो नेपाल पार्टी’ले एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने
- ३विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने कानूनी व्यवस्था गरिन्छः शिक्षामन्त्री पुन
- ४नेपाल प्रज्ञा प्रतिष्ठानमा जेन दर्शन र नेपाली कविताबारे विचार गोष्ठी
- ५कांग्रेसको बैठकले संसारका कीर्तिमान भंग गरिसक्योः गुरु घिमिरे



तपाईको कमेन्ट लेख्नुहोस्