नयाँ वर्षको अवसरमा गृहमन्त्री लामिछानेले बाँडे प्रहरी र सर्वसाधारणलाई लड्डु
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नयाँ वर्ष २०८१ को अवसरमा प्रहरी कर्मचारी र सर्वसाधारणलाई लड्डु बाँडेका छन् ।
शनिबार विहान थापाथलीको सडकमा उनले प्रहरी कर्मचारी र सर्वसाधारणसँग नयाँ वर्षको खुशियाली साटासाट गर्ने क्रममा लड्डु मिठाइ बाँडेका हुन् । पैदल हिँडेका र सवारी साधनमा यात्रा गरिरहेकाहरुलाई उनले मिठाइ दिँदै शुभकामना आदानप्रदान गरेका हुन् ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई साथै लिएर थापाथली पुगेका उनले प्रहरी संगठनलाई हौसला दिन र आम नागरिकलाई शुभकामना दिन नयाँ को मनोबल बढाउनका लागि नयाँ सुरुवात गरेको बताए ।
उपप्रधानमन्त्री लामिछानेले सुरक्षाको प्रत्याभूति गर्दै रातिको समयमा पनि शहर चलायमान बनाउने बताएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १दासढुंगा घटना षड्यन्त्र हो‚ मदन–आश्रितका हत्यारालाई कारबाही गर्छौं : बादल
- २समानुपातिकमा ६४ दल, १८ दलले मात्रै दिए ११० सिटमा उम्मेदवारी
- ३बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्छन् ? : केपी शर्मा ओली
- ४केही मानिस देशै कब्जा गरिसक्यौं भनेजसरी रमाइरहेका छन्ः प्रचण्ड
- ५नेपालमा विदेशी चलखेल भइरहेको छः डा. शेखर कोइराला



तपाईको कमेन्ट लेख्नुहोस्