नयाँ वर्षको अवसरमा गृहमन्त्री लामिछानेले बाँडे प्रहरी र सर्वसाधारणलाई लड्डु
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नयाँ वर्ष २०८१ को अवसरमा प्रहरी कर्मचारी र सर्वसाधारणलाई लड्डु बाँडेका छन् ।
शनिबार विहान थापाथलीको सडकमा उनले प्रहरी कर्मचारी र सर्वसाधारणसँग नयाँ वर्षको खुशियाली साटासाट गर्ने क्रममा लड्डु मिठाइ बाँडेका हुन् । पैदल हिँडेका र सवारी साधनमा यात्रा गरिरहेकाहरुलाई उनले मिठाइ दिँदै शुभकामना आदानप्रदान गरेका हुन् ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई साथै लिएर थापाथली पुगेका उनले प्रहरी संगठनलाई हौसला दिन र आम नागरिकलाई शुभकामना दिन नयाँ को मनोबल बढाउनका लागि नयाँ सुरुवात गरेको बताए ।
उपप्रधानमन्त्री लामिछानेले सुरक्षाको प्रत्याभूति गर्दै रातिको समयमा पनि शहर चलायमान बनाउने बताएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्