Techie IT
  • १६ भदौ २०८२, सोमबार

प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने राप्रपाको निर्णय


काठमाडौँ । राप्रपाले प्रदेश सरकार निर्माणका क्रममा एमाले नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको छ। राप्रपा बिना सरकारनै नबन्ने परिस्थिति बनेमा हाल कायम सत्ता गठबन्धनलाई समर्थन नगर्ने बुधबार बसेको पदाधिकारी बैठकबाट निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

दिनै परेमा विपक्षी गठबन्धनलाई दिने गरी निर्णय भएको उनको भनाइ छ । अध्यक्षले यसम्बन्धमा सम्बन्धित प्रदेशसँग परामर्श गरेर आवश्यकतअनुसार सहयोग गर्ने नगर्नेबारे निर्णय लिने उनको भनाइ छ ।

गण्डकी प्रदेशमा राप्रपा निर्णायक दल रहेको छ । सो प्रदेशमा ठुलो दलको हैसियतमा कांग्रेसले सरकार निर्माणको पहल गर्दैगर्दा राप्रपाले गरेको निर्णयले एमालेमाथि तनाव बढेको छ। यदि राप्रपा यो निर्णयमा कायमै रहेमा एमालेले आफ्नो भागमा परेको गण्डकी प्रदेश सरकार गुमाउने देखिन्छ ।

मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएसँगै गण्डकीका प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बुधवार चैत २७ गतेसम्मको समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरिसकेका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं