कर्णालीमा राजीनामा नदिने मुख्यमन्त्रीको अडान, बुधबार विश्वासको मत लिने
	
				
			काठमाडौं । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलले सरकारको नेतृत्व नछाड्ने निर्णय गरेको छ । मंगलबार बसेको माओवादी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्माले बुधबार विश्वासको मत लिने निर्णय गरेको छ ।
माओवादी नेता तथा कर्णाली सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने र त्यसपछि केन्द्रमा सत्ता गठबन्धनमा भएको सहमति अनुसार अघि बढ्न सकिने बताए ।
सत्ता गठबन्धनको शीर्ष नेताहरुबीच कर्णालीमा एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । तर, मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिन मंगलबार प्रदेशसभाको बैठक बोलाइएको थियो ।
मंगलबार यस विषयमा एमाले र माओवादी केन्द्रका नेताहरुबीच दिनभरजसो छलफल भएको थियो । तर, मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिने अडान लिएपछि छलफल विना निष्कर्ष सकिएको थियो ।
त्यसपछि बसेको माओवादी संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिने निर्णय गरेको हो । मंगलबार दिउँसो ३ बजे बोलाइएको प्रदेशसभा बैठक मुख्यमन्त्रीले प्रदेशसभा सचिवालयलाई पत्र लेखेर बुधबार दिउँसो सार्नका लागि भनेका छन् ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
 - २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
 - ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
 - ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
 - ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल
 

				
				
				
				
				
				

तपाईको कमेन्ट लेख्नुहोस्