Techie IT
  • २८ असार २०८२, शनिबार
KhojPatrika

को होला कृष्णबहादुर महराले भनेको सुन प्रकरणमा त्यो ठूला माछा ?


काठमाडौं । सात बर्षअघि सुन तस्करमा नाम जोडिएपछि अर्थमन्त्रालयको बागडोर सम्हालेका कृष्णबहादुर महराले भनेका थिए हामी त भुरेभारे मात्रै हौं । सुन तस्करले नै सत्ता पल्टाउने ठूला माछा यहाँ धेरै छन् । सात बर्षपछि उनै महरा सुन तस्करको आरोपमा पक्राउ परेका छन् । तर, ठूला माछा को हुन् अझै पूर्वसभामुख महराले खुलाएका छैनन् ।

झण्डै सात बर्षअघि देशको अर्थतन्त्रको बागडोर सम्हालेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करको आरोप लाग्यो । शक्तिमा रहेका महराले भनिदिए सुन तस्करको जालो यहाँ ठूलो छ । मेरो नामै सुन तस्करमा जोडिएर आएको छ । हामी त फगत पात्र मात्रै हौं । सानो माछा ठूलो माछा । धेरै ठूला माछा छन् । हामी त भुरेभारे मात्रै छौं । शान्ति प्रक्रियामा आएपछि झण्डै दुई दशकदेखि राजनीतिको शक्ति केन्द्रविन्दुमा रहेका महराले उतिबेला नै भनेका थिए समयक्रममा आउने छ ।

सुन तस्करले सत्ता नै किन्दीने गरेको महराको यो अभिब्यक्तीले उतिबेला केहीदिन चर्चा पाएपनि सेलायो । तर, सात बर्षपछि महरा सुन तस्करको आरोपमा पक्राउ परेका छन् । ९ किलो सुन भेप मार्फत तस्करी गरेको आरोप महरालाई लागेको छ । तर, महराले विगतमा भनेको ठूला माछा को हुन् भन्ने अझै खुलेको छैन् । आफू भुरेभारे मात्रै भएको बताएका महराले अव सत्ता ढाल्न सक्ने सुन तस्कर को हो भन्ने खुलाउन सक्छन् त ? यहि प्रश्न उठेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मात्रै होइन विभिन्न नाकाबाट भइरहेको सुन तस्कर उनी गृहमन्त्री, अर्थमन्त्री हुँदा पनि रोक्न सकेनन् । बरु, सुन तस्करकै आरोपमा महरा सिआइवीको नियन्त्रणमा छन् । तर, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पूर्वसभामुख महरालाई नै ठूला माछा भनिरहेका छन् ।

महराले आफू भन्दा ठूलो माछा कसलाई भन्न खोजेका छन् अव खुलासा गर्नुपर्ने समय नै आएको छ । माओवादीका नेताको एकपछि अर्को नाम सुन तस्करीमा जोडिएको आइरहँदा महराको विगतको भनाईले पुष्टी गरिदिएको छ । आफ्ना गल्ती ढाकछोप गर्न आफू जस्ता नेतालाई प्रयोग गर्न सक्ने महराको त्यो दाबी उनीले आफै खुलाउनुपर्ने स्थानमा पुगेको छ । विगतका सहयात्री डा. बाबुराम भट्टराई पनि महरा पक्राउलाई आफैंले पालेको खसी काटेर ठूला माछा उम्काउन खोजेको आशंका गर्छन् ।

राजनीतिक जीवनको साढे चार दशक लामो यात्रामा पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा निरन्तर शक्तिमा रहे । उनको शक्तिका सारथी बनिरहे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । उनै सत्तामा रहेका बेला महरालाई सुन तस्कर प्रकरणले डामेको छ । उनीमाथि लागेको आरोप कति सत्य हो छानबिनपछि पुष्टि होला । तर, मुलुकको उच्च पद सम्हालेका महरा संगीन आरोपमा मुछिनुले उनीले विगतमा बोलेको अभिब्यक्तीका मानिसहरुको पोल खोल्न नी जरुरी छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कृष्णबहादुर महरा, #ठूला माछा, #भुरेभारे मात्रै

तपाईको कमेन्ट लेख्नुहोस्