भेटिएनन् रुकुमपश्चिम प्रभु बैंकका फरार कर्मचारी, बैंक आफैले तिर्यो ६७ लाख ९८ रकम !
रुकुमपश्चिम । जिल्लाको आठविसकोटमा रहेको प्रभु बैंकका एक कर्मचारीले हिनामिना गरेको लाखौ रकम फिर्ता गरिएको छ । बैंकको आठविसकोट शाखामा अपरेशन ईन्चार्ज पदमा कार्यरत निरजबिक्रम शाहले हिनामिना गरेको ६७ लाख ९८ रकम सम्बन्धित ग्राहककै खातामा फिर्ता गरिएको बैंकले जनाएको छ ।
आइतबार १४ जना ग्राहकको रकम उनीहरुको खातामा जम्मा गरिएको छ । अपरेशन ईन्चार्ज शाहले ग्राहकको रकम हिनाहिना गरेपछि संगठित भएका पीडितहरुले लगातारको दवावपछि आफ्नो रकम फिर्ता पाएको बताएका छन् ।
बैंकको खातावालाहरु खले कामीको एक लाख, पदम कुमारी थापाको दुई लाख ५० हजार, सीता केसीको चार लाख ३८ हजार, मन बहादुर कुसारीको दुई लाख १६ हजार, काली बहादुर बुढाको चार लाख ५० हजार, डिल्ली मल्लको ६ लाख ९९ हजार र नयन सिंह ओलीको सात लाख रकम फिर्ता गरिएको हो ।
त्यस्नै, जितबहादुर खत्रीको ६ लाख, रेखा कुमारी रावतको एक लाख ५० हजार, डण्डे कुसारीको आठ लाख, पीसजोन बोर्डिङ स्कुलको नौ लाख, शंकर बहादुर पुनको १० लाख १४ हजार, दलबहादुर ओलीको एक लाख ८१ हजार र बिमला ओलीको चार लाख रुपियाँ उहाँहरुकै खातामा बैंकले जम्मा गरिदिएको हो ।
रकम लिएर फरार भएका शाह नभेटिएपनि बैंकले रकम फिर्ता गरेको छ । बैंकमा रकम हिनामिना छानविन गर्न कर्णाली प्रादेशिक कार्यालय प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा टोली आठविसकोट आएको थियो । बैंकले कर्मचारी शाह बिरुद्ध बैङ्किङ कसुरमा जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले अपरेशन ईन्चार्ज शाहले बैंकका खातावालाहरुको रकम अनाधिकृत रुपमा निकाल्ने, अन्य खातामा स्थान्तरण गर्ने गरेको आरोपसहितको मुद्धा दर्ता भएको र प्रहरीले छानबिन सुरु गरेको जनाएपनि उनीलाई प्रहरीले भेटाउन सकेको छ्रन । शाहले एक करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन गरेको भेटिएको थियो । तर, शाह कहाँ पुगे भन्ने अहिलेसम्म सुइको समेत प्रहरीले पाएको छैन् ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रभु बैंक, #लाखौ रकम फिर्ता
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्