भ्रष्टाचार, किर्ते र ठगी गर्नेलाई नछाड्ने गृहमन्त्रीको चेतावनी
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियान नरोकिने दाबी गरेका छन् । सप्तरीमा आयोजिक एक कार्यक्रममा उनले ललिता निवास, भुटानी शरणार्थीदेखि बासबारी जग्गा हिनामिनाको ठूला फाइल खोलेको बताएका हुन् ।
उनले सरकारले भ्रष्टाचार र जालसाझी, किर्ते र ठगी गरेर राज्य लुट्ने प्रक्रियालाई बन्द गराएर दोषी र अपराधीलाई कानूनको कठघरामा ल्याइने दाबी गरे । नेपालमा ठूल्ठूला पहुँच भएका धनाड्यहरु र ठूला कर्मचारीहरु मिलेर लुटे भन्ने स्थितिको अन्त्य गरिने गृहमन्त्री श्रेष्ठको भनाई छ ।
गृहमन्त्री श्रेष्ठले सरकारी जग्गा कब्जा गर्नेहरुलाई कारवाही गर्ने छुट प्रक्रिया नरोकिने बताए । उनले ललिता निवासजस्तै गैरकानूनी रुपमा कब्जा गरेका जग्गा फिर्ता ल्याउन सबै जिल्लाका सर्कुलर गरेको बताए । सहकारी र लघुवित्तको समस्या समाधान गर्नको लागि सरकारले पहल गरिरहेको सुनाएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नारायणकाजी श्रेष्ठ, #सुशासनको अभियान
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्