संसदमा सत्ता पक्ष र प्रतिपक्षको बाझाबाझ, शीर्ष नेताहरुको वेवास्ता !

काठमाडौं । संसदमा प्रतिपक्ष र सत्ता पक्षका दलहरुबीच बाझबाझ भएको छ । संसदमा गणपुरक संख्या पु¥याउने बिषयमा एकले अर्कोलाई आरोप लगाएपछि दलहरुबीच चर्काचर्की नै भएको हो । एक बर्षमा एउटा मात्रै विधेयक पास गरेको संसदमा प्रमुख दलका शीर्ष नेताहरुले नै संसदप्रति वेवास्ता गरेका छन् । जनताका प्रतिनिधि सांसद । ऐन कानुन बनाउने र संसदमा जनताका समस्या र पीडा सरकारलाई सुनाउने थलो संसद । तर, विगत एक बर्षमा एउटा मात्रै कानुन बनाएर इतिहास रचेका सांसदले फेरि उही शैली र उही पारा देखाइरहेका छन् ।
सत्ता पक्ष र प्रतिपक्षको जुहारी फेरि संसदमा चल्न थालेको छ । प्रतिपक्ष दलहरु सरकारलाई प्रश्न सोधिरहने ? तर, प्रधानमन्त्री र मन्त्रीहरु प्रश्नको उत्तर दिन भागिरहने गतिविधिले फेरि संसद लथालिंग हुने अवस्थामा पुगेको छ । शुक्रबार ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको पहिलो रो मा कुनै पनि दलका प्रमुख नेताको अनुहार नै देखिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव मात्रै होइन यी दलका दोस्रो तहका नेताहरु समेत समयमै देखिएनन् ।
कोही सांसद भने बैठक सुरु भइसकेपछि संसदमा देखिए । सुरुमै प्रतिपक्ष दल एमालेले सरकारका मन्त्रीहरुको राजीनामा माग्यो । तर, सत्तारुढ कांग्रेसका सांसद राजन केसीले बिहीबारको बैठकमा गणपुरक संख्या पुग्छ भनेर विपक्षी सांसदहरु बैठक छोडेर गएको आरोप लगाएपछि एमाले थप आक्रोसित भयो । केसीले भनेका थिए, हिजो राजनीतक दलसम्बन्धी विधेयक पेश गर्ने बेलामा प्रतिपक्षको अनौठो नाटक मञ्चन देखियो । ठ्याक्क गणपुरक पुग्छ कि भनेर १०÷१५ जना सांसद बाहिर जानुभयो ।’ त्यसपछि संसदमा हंगामा नै चल्यो ।
एमाले प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षमाथि हिलो छ्यापेको भन्दै आपत्ति जनाएका थिए । आफूहरुका कारण विधेयक पास गर्न कहाँ बाधा पुग्यो भन्ने प्रश्न गरेका उनले बहुमतको सरकार हो, संसदका बहुमत सदस्यहरुको विश्वास छ भने आफूले पेश गरेको विधेयक पास गर्ने आँट सरकारसँग छ कि छैन ? छैन भने नैनिक रुपले राजीनामा दिनुपर्छ ।’ त्यस्तै, एमालेलाई साथ दिदै रास्वपा र राप्रपाले पनि सत्ता पक्षप्रति प्रहार गरे । रास्वपाका विराजभक्त श्रेष्ठले गठबन्धनमा प्वाल परेको हो भनेर प्रश्न गरे भने राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले जवाफ नदिए संसद अवरुद्ध हुने चेतवनी दिए ।
सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले शाहीलाई जवाफ दिँदै संसद छाडेर जान चुनौती दिए । उनले सरकारको बचाउ गर्दै प्रतिपक्षले संसदलाई अवरुद्ध गर्न खोजेको आरोप लगाए । त्यसपछि सभामुखले संसदलाई नियमित कार्यसूचीमा लैजान खोजे । तर, एमाले सांसदहरु उठेर विरोध गरेका थिए । संसदमा चर्काचर्की र जुहारी नै चलेपछि संसदमा फेरि हंगामा सुरु भएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अर्कोलाई आरोप, #दलहरुबीच बाझबाझ, #संसदमा गणपुरक
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्