रवि लामिछानेले खोजे विनोद चौधरी, गृहमन्त्रीलाई सोधे किन अनुसन्धान गरिएन ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली काँग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन् ।
आईतवार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले बाँसवारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीको जति नै सांसद विनोद चौधरीको पनि शेयर देखिएको भन्दै उहाँलाई किन अनुसन्धान नगरिएको भनि प्रश्न गरेका हुन ।
उनले अनुसन्धानको दायरामा राखेर विनोद चौधरीलाई किन बयान लिइएन भनि प्रश्न गरे ? पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतिक थापा बारे के पत्ता लाग्यो र खोज्ने प्रक्रिया कहाँ पुग्यो भनि प्रश्न समेत गरेका थिए ।
त्यस्तै इन्द्रजित राईका छोरा निरजबारे पनि उनले प्रश्न गरे । लामिछानेले मुद्दा चलिरहेका विचौलियाहरुले पूर्वगृहमन्त्री रामबहादुर थापाको श्रीमति नैककला थापाको पनि नाम पोलेको भन्दै उहाँमाथि अनुसन्धान भएनभएको जानकारी गराउन समेत माग गरे ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बाँसवारी जग्गा प्रकरण, #रवि लामिछाने, #सांसद विनोद चौधरी
ताजा खबर
- १दासढुंगा घटना षड्यन्त्र हो‚ मदन–आश्रितका हत्यारालाई कारबाही गर्छौं : बादल
- २समानुपातिकमा ६४ दल, १८ दलले मात्रै दिए ११० सिटमा उम्मेदवारी
- ३बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्छन् ? : केपी शर्मा ओली
- ४केही मानिस देशै कब्जा गरिसक्यौं भनेजसरी रमाइरहेका छन्ः प्रचण्ड
- ५नेपालमा विदेशी चलखेल भइरहेको छः डा. शेखर कोइराला



तपाईको कमेन्ट लेख्नुहोस्