प्रधानमन्त्री प्रचण्ड स्वयंले काम गर्ने तरिका बदल्नुपर्छः गगन थापा
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैले काम गर्ने तरिका बदल्नुपर्ने बताएका छन् ।
निर्देशन मात्रै दिने तर आफू स्वयंले भने काम गर्ने तरिका नबदल्ने हो भने फरक परिणामको अपेक्षा गर्नेकुरा मुर्खता शिवाय अरु केही नहुने महामन्त्री थापाको भनाई थियो ।
बुधवार प्रतिनिधि सभा बैठकमा उनले प्रधानमन्त्री प्रचण्डले पछिल्लो समयमा दिँदै आएको निर्देशनप्रति संकेत गदै त्यसले मुलुकमा कुनै पनि समस्याको समाधान नहुने जिकिर गरे । उनले प्रधानमन्त्री प्रचण्डले कार्यालय प्रमुख झैं देशको प्रमुखको रुपमा काम गरेर मात्रै मुलुकको समस्या पहिचान हुने र त्यसले समाधान पनि पाउने दाबी गरे ।
महामन्त्री थापाले तीन वटै तहको सरकारले निर्देशन दिने मात्रै काम गरेकाले जनताको अपेक्षाअनुसार काम हुन नसकेको पनि बताए । उनले मुलुकको समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्डले अतिरिक्त पहलकदमी लिनुपर्ने बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आफैले काम गर्ने तरिका, #गगनकुमार थापा, #नेपाली कांग्रेस, #पुष्पकमल दाहाल प्रचण्ड
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्