गठबन्धनका कारण देश गम्भीर अवस्थामा छः एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् ।
बुधवार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा उनले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने बताएका हुन ।
उनले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने भन्दै गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको दाबी गरे । एमालेलाई छेक्न ८ वटा राजनीतिक दलहरु लागेको उनको भनाई छ ।
गठबन्धनका दलहरुबाट देश बनाउने कुरा भन्दा गठबन्धन बनाउने र जोगाउने कुरा मात्तै बढी सुनिएको ओलीको जिकिर छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल
- २कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल
- ३राष्ट्रिय एकता र गणतन्त्रात्मक व्यवस्थाको रक्षा पार्टीको मुख्य कार्यभारः उपसंयोजक नेपाल
- ४नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा दाहाल र सहसंयोजकमा नेपाल चयन
- ५प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला



तपाईको कमेन्ट लेख्नुहोस्