प्रधानमन्त्री प्रचण्डको गुनासोः संसदबाट अपेक्षित कानुन बनाउन सकिएन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट अपेक्षित कानुन बनाउन नसकिएको गुनासो गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
‘अघिल्लो वर्ष संसदले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ । सरकारले बिजनेश दिएन भन्ने मत पनि थियो । तर, यसपटक त्यस्तो नहोस्’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् । सरकारले संघीय संसदको अधिवेशन यही माघ २२ गतेदेखि बोलाएको छ । ‘संसद सुरू हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरि तयारी गरौँ । मुख्यसचिवले फलोअप गर्नुहोला । कानुन मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला । राम्रो तयारी गर्नुहोला’ प्रधानमन्त्री प्रचण्डले थपेका छन्, ‘यसपटक संसदलाई व्यवस्थित रूपले बिजनेश दिनुपर्छ । गुनासो नआउने गरी काम गर्नुहोला ।’
छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कानुनी परीक्षण र आर्थिक दायित्वको समेत परीक्षण भइसकेका विधेयकहरू छिटो संसद पठाउनुपर्ने बताए ।यसअघि कानुन मन्त्रालयले सबै मन्त्रालयसँग प्राथमिकताका आधारमा विधेयकहरुको प्रारम्भिक मस्यौदा मागेको थियो । त्यस अन्तर्गत १०९ वटा विधेयकको प्रारम्भिक मस्यौदा कानुन मन्त्रालयमा पुगेको छ । त्यस आधारमा कानुन मन्त्रालयले सम्बन्धित मन्त्रालयहरुसँग एक चरणको छलफल सकाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १दासढुंगा घटना षड्यन्त्र हो‚ मदन–आश्रितका हत्यारालाई कारबाही गर्छौं : बादल
- २समानुपातिकमा ६४ दल, १८ दलले मात्रै दिए ११० सिटमा उम्मेदवारी
- ३बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्छन् ? : केपी शर्मा ओली
- ४केही मानिस देशै कब्जा गरिसक्यौं भनेजसरी रमाइरहेका छन्ः प्रचण्ड
- ५नेपालमा विदेशी चलखेल भइरहेको छः डा. शेखर कोइराला



तपाईको कमेन्ट लेख्नुहोस्