५ सय र ७ सय ५० रुपैयाँ शुल्क लिएर बिरामी जाँच्दै थिए नक्कली डाक्टर
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रधारी भएको आरोपमा प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–२ घर भएका सम्बुद्ध भट्टचार्य छन् । ‘त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सेवारत छु’ भन्ने भट्टचार्यलाई नक्कली कागजात रहेको भेटिएपछि काठमाडौँबाट पक्राउ गरिएको हो ।
भट्टचार्य बसुन्धारास्थित धौलागिरि हिमाल पोलिक्लिनिक र नक्सालस्थित उइकेयर पोलिक्लिनिकमा कार्यरत थिए । थाइराइडको डाक्टर भन्दै उनले धौलागिरिमा ४२ जना बिरामीलाई चेकजाँच गरेको भेटिएको छ । यसैगरी उइकेयरमा उनले ६३० जना बिरामीलाई चेकजाँच गरेको भेटिएको अनुसन्धानमा भेटिएको छ ।
इन्स्पेक्टर थापाका अनुसार धौलागिरिमा एक जना बिरामी चेक गरेबापत भट्टचार्यले ५ सय रुपैयाँ लिँदै आएका थिए । यस्तै उइकेयरमा उनको परीक्षण शुल्क प्रति बिरामी ७५० रुपैयाँ छ । आरोपीको साथबाट प्रहरीले ७ थान स्ट्याम्प बरामद गरेको छ । भट्टचार्यले नक्कली प्रशंसा पत्र बनाउने गरेको भेटिएको छ ।
पूर्वमन्त्री उपेन्द्र यादवले हस्ताक्षर गरेको प्रशंसा पत्र, डब्लुएचओले जारी गरेको प्रशंसा पत्र र चिकित्सक संघको लाइफ मेम्बर कार्ड उनको घरबाट बरामद गरिएको छ । बरामद प्रशंसा पत्र परीक्षण गर्दा नक्कली प्रमाणित भएको इन्स्पेक्टर थापाले जानकारी दिए । प्रहरीले ललितपुरस्थित मेडिसिटी अस्पतालले जारी गरेको प्रशंसा पत्र पनि बरामद गरेको छ । मेडिसिटीको प्रशंसा पत्र पनि नक्कली रहेको थाहा भएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #चिकित्सक, #नक्कली डाक्टर, #नक्कली शैक्षिक
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्