सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त
काठमाडौं । सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका–६ रुकुमपश्चिमका किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
पुन गायक तथा सर्जक हुन । उनले सयौं गितमा स्वर दिनुका साथै उत्तिकै गितको सिर्जना पनि गरेका छन् ।
यस्तै मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्की नियुक्त गर्ने, नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्त गर्नेलगायत निर्णय पनि गरेको छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #किरणबाबु पुन
ताजा खबर
- १मन्त्रीबाट राजीनामा दिदैं सरकारबाट बाहिरिए कुलमान घिसिङ,चुनाव लड्ने तयारी
- २मानव अधिकार आयोगमा रवि लामिछानेको डेढ घण्टा बयान
- ३जहरसिंह पौवा दुर्घटनाः ४ जनाको मृत्यु, २७ घाइते
- ४जनार्दन शर्मा रुकुमपश्चिमबाट चुनाव लड्ने पक्का, प्रलोपाले गर्यो एकल नाम सिफारिस
- ५कांग्रेसमा महामन्त्रीद्वय गगन र विश्वप्रकाशले बोलाए विशेष महाधिवेशन



तपाईको कमेन्ट लेख्नुहोस्