सत्ता गठबन्धनका नेता छलफलमा, राष्ट्रिय सभा निर्वाचन र टीआरसी मुख्य एजेण्डा
काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।
राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बैठक बस्न लागेको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउने विषयमा छलफल गर्न र टीआरसी सम्बन्धी विषयमा छलफल गर्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले बैठकमा बोलाएको बताइएको छ ।
कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा टीआरसी सम्बन्धी विधेयकमा दफावार छलफल हुने क्रममा सहमति नजुटेका विषय प्रक्रियाबाट टुंगो लगाउने विषयमा छलफल भएको थियो । सरकारले आगामी संसद अधिवेशनबाट टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी गरिरहेको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा विधेयक पेस हुने र पारित गर्ने बताएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले पनि शनिबार बैतडीको दोगडाकेदारमा आयोजित एक कार्यक्रममा संसदको आगामी अधिवेशनमा शान्ति प्रक्रियालाई टुंग्याउन विधेयक पारित गर्ने बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रधानमन्त्री निवास, #प्रधानमन्त्री प्रचण्ड, #राष्ट्रिय सभा निर्वाचन
ताजा खबर
- १बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- २सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ३गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण
- ४समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल
- ५कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल



तपाईको कमेन्ट लेख्नुहोस्