Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा !


काठमाडौं । ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. वान को सङ्क्रमण पुष्टि भएको हो । चिकित्सकका अनुसार देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ मा गरिएको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट जेएन वान नेपालमा पहिलो पटक पुष्टि भएको छ ।

हाल विश्वका केही देशहरुमा कोभिड – १९ सङ्क्रमण ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन वान को जोखिम बढिरहेको छ । छिमेकी देशहरुमा पनि सङ्क्रमण फैलिरहेकाले मन्त्रालयले आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको छ । कोभिड–१९ को नयाँ सब–भेरियन्ट जेएन वान को बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य कार्यालयहरूलाई मार्फत आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्नुहुन साथै, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन अनुरोध मन्त्रालयले अनुरोध गरेको छ ।

चिकित्सकहरु विषेश गरी चिसो मौसममा कोरोनाको संक्रमण फैलिने हुनाले विशेष सावधानी अपनाउनु पर्ने बताउछन् । नयाँ भेरिएन्ट ‘जेएन–वान’ भन्दा बढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूको सुझाव छ । कोभिड १९ का अन्य ‘उपप्रजातिको तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सक्छ । तर, अहिलेसम्म यो नयाँ भेरियन्ट कम घातक भनिए पनि छिटो छिटो फैलिने हुनाले विषेश गरी दिर्घरोगी, जेष्ठ नागरिक र बालबालिकालाइ भने घातक नै मानिएको छ ।

कोरोनाको नया भेरियन्टबाट जोगिनुको लागि विशेष गरी भौतिक दुरी कायम राख्ने, मास्कको प्रयोग गर्ने, साबुन पानीले राम्रोसंग हात धुनुपर्ने र व्यतिmगत सरसफाईमा ध्यान दिन जरुरी छ । विश्व स्वास्थ्य संगठनले हिउँदयाममा कोरोनासहित अन्य सङ्क्रमण फैलिन सक्ने चेतावनी दिँदै आएको छ । कोरोना भाइरस र श्वासप्रश्वाससम्बन्धी अरु सङ्क्रमणबाट जोगिन भिडभाड भएको र बन्द ठाउँमा मास्क लगाउन, हाछ्युँ र खोकी आउँदा नाकमुख छोप्न, बेलाबेला साबुन पानीले हात धुन, कोभिडको लक्षण देखिए परीक्षण गराउन डब्लूएचओको सुझाव छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं