Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

टिआरसी बिधेयकमा दलहरुबीच अझै जुटेन सहमति, सत्ता गठबन्धन र प्रतिपक्ष दलहरु आ–आफ्नै अडानमा !


काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाटै संसदमा प्रस्तुत हुने दाबी गरेका छन् । बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले संक्रमणकालीन न्याय टुंग्याउने सन्दर्भमा अब छिट्टै नै सहमतिमा पुग्ने आशा बढेको बताए । उनले अब विदेशीसँग संक्रमणकालीन न्याय टुंगो लगाउने कुरामा लाज मानिरहनुपर्ने र ढाँटिरहनुपर्ने आवश्यकता नहुने समेत जिकिर गरे ।

आगामी अधिवेशनले टिआरसीसँग सम्बन्धित विधेयक सहमतिबाट पेस गरी पारित गर्ने दाबी मन्त्री गुरुङको छ । मन्त्री गुरुङले नेकपा एमालेका सचेतक महेश बर्तौलाप्रति लक्षित गर्दै एमालेले साथ दिएपछि सहमतिबाटै पेस हुने तर्क गरे । तर, एमालेका सचेतक महेशकुमार बर्तौलाले एमालेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरु एमालेले टुंग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गरे । एमालेले पीडितका आवाजहरु र बाहिर जनताका आवाजहरु बोलेकाले ति आवाजलाई पनि सुनेर अघि बढ्न सुझाव दिएको उनले बताए ।

एमालेले असहमति जनाएका कुराहरुलाई लिएर सरकारले एमालेले काम गर्न दिएन भन्ने गलत प्रचार गरेको आरोप लगाउँदै सरकारले विधेयकहरु प्रक्रियागत रुपबाट अघि बढाउन सक्ने बताए । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी अधिवेशनको पहिलो दिन नै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदमा पेस गर्नुपर्ने बताए । उनले पीडितको कुरा पनि अब सुनिसकेकाले पीडितमैत्री हुनेगरी विधेयक संसदमा प्रश्तुत गर्नुपर्ने बताए । पीडितहरुले टिआरसी विधेयकमा शब्दमा खेलेर राजनीति नगर्न चेतावनी दिइरहेका र विश्वमञ्चले पनि बारम्बर जिज्ञासा राख्ने गरेकाले यो विषयलाई चाँडै टुंगो लगाउनुपर्ने लेखकको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाट टुंग्याउने ठाउँमा पुगिसकेको दाबी गरे । राजनीतिक दलहरु सहमितको धेरै नजिक पुगिसकेको र केही विषयमा अझै छलफल गरी टुंग्याउनुपर्ने आवश्यकता रहेको उनको भनाई छ । अफ्ठ्यारा महशुस गरिएको ठाउँमा उदारता देखाएर भएपनि विधेयक टुंग्याउनुपर्ने परियारको दाबी छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सहमतिबाटै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगो लगाउनुपर्ने बताए ।

सरकारलाई टिआरसी बिद्येयक पारित गराउन फलामको चिउरा चपाउनु सरह भएको छ । द्धन्दकालिन मुद्धालाई लिएर सर्बोच्च अदालतमा मुद्धा नै परेपछि तर्सिएका प्रधानमन्त्री प्रचण्ड सहमति जुटाउन दौडधुप गरिरहेका छन् । सत्ता गठबन्धन फास्ट ट्र्याकबाटै भएपनि टुंगो लगाउनुपर्ने भन्दै एक ठाउँमा उभिएपनि प्रतिपक्ष दलहरुले प्रक्रियागत रुपमै टुंग्याउनुपर्ने बताएपछि यो बिषय झनै गिजोलिएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं