केपी ओलीका सुरक्षाकर्मीलाई अवरोध गरेको महेश राईमाथि मुद्दा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास गरेका महेश राईलाई सुरक्षाकर्मीलाई अवरोध गरेको मुद्दा लगाइएको छ ।मध्यपहाडी संकल्प यात्राका क्रममा गत २८ मंसिरमा धनकुटा पुगेका ओलीमाथि राईले आक्रमणको प्रयास गरेका थिए । लगत्तै पक्राउ परेका राईमाथि अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय धनकुटाले ‘राष्ट्र सेवकमाथि आक्रमण गरेको’ प्रतिवेदन तयार गरेको हो ।
मुलुकी अपराध संहिता ऐनको दफा ६६ मा राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने भन्ने व्यवस्था छ । उक्त दफामा भनिएको छ, ‘कुनै राष्ट्रसेवकले आफ्नो कर्तव्य पालन गर्ने सिलसिलामा गैरकानुनी भेला रोक्ने, भंग गर्ने वा हुलदंगा रोक्ने कुनै काम गर्दा कसैले बाधा विरोध पुर्याउन वा पुर्याउने उद्योग गर्नु हुँदैन ।’ त्यसो गरेमा एक वर्षसम्म कैद, १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था कानुनमा छ ।
प्रहरीले १० दिनसम्म अनुसन्धान गरेर ओलीका सुरक्षाकर्मीमाथि राईले आक्रमण गरेको प्रतिवेदन तयार पारेको थियो । ‘महेश राईले केपी ओलीमाथि आक्रमण गर्न खोजेका थिए । त्यसपछि फेरि सुरक्षाकर्मीलाई पनि आक्रमणको प्रयास भयो भन्ने प्रतिवेदन तयार भएको बताइएको छ ।
ओलीका सुरक्षाकर्मीमाथि आक्रमणको आरोपसहित मुद्दा दर्ता भएका राईलाई जिल्ला प्रशासन धनकुटाले धरौटीमा छोडेको छ । ‘राईले ओलीलाई स्वागत गर्ने लाइनमा उभिएर आक्रमणको प्रयास गरेका थिए । तर एमालेका नेताहरुले ओलीमाथि आक्रमणको प्रयासलाई मादकपदार्थ सेवनको कारण भनेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
तपाईको कमेन्ट लेख्नुहोस्