Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

कृष्ण सिटौलालाई राष्ट्रियसभामा उठाउन सर्वसम्मत सिफारिस


काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको चुनावमा उम्मेदवार बनाउन नेपाली कांग्रेस झापाले सिफारिस गरेको छ। कांग्रेस झापाले सिटौलालाई सिफारिस गर्ने सर्वसम्मत रुपमा निर्णय गरेको हो।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिटौलालाई पार्टीका तर्फबाट उम्मेदवार बनाउन जिल्ला कमिटीले सर्वसम्मत सिफारिस गरेको हो। संविधान निर्माण, शान्ति प्रक्रियामा नेतृत्वदायी भूमिका खेलेका सिटौलाको नाम सिफारिस गर्न कांग्रेस झापाको विस्तारित बैठक बसेको थियो।

जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ–नगर सभापतिको संयुक्त बैठकले राष्ट्रियसभा सदस्यका लागि सिटौलाको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको जिल्ला सचिव कृष्णप्रसाद हुमागाईले जानकारी दिए ।

शुक्रवार बसेको बैठकमा पार्टी जिल्ला सभापति देउमान थेवेले सिटौलाको नाम प्रस्ताव गरेका थिए भने सचिव राम कट्टेलले समर्थन गरेका थिए। सिटौला झापाको भद्रपुर नगरपालिका तथा क्षेत्र ३ का स्थायी बासिन्दा हुन् ।

सिटौलाले नेपालको शान्ति प्रक्रियामा सरकारी वार्ता टोलीको संयोजक‚ संविधान मस्यौदा समितिको सभापति भएर काम गरेका छन् । राष्ट्रियसभामा सिटौला निर्वाचित भए राष्ट्रियसभाको अध्यक्ष बनाइने सम्भावना रहेको चर्चा पनि राजनीतिक वृत्तमा केही दिनदेखि चलेको छ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं