रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर

रुकुमपश्चिम । जिल्लाको चौरजहारी नगरपालिका ८ गैरीजिउलामा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका छन् । आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका–८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो ।
जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ । घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको छ ।
सोमबार बिहान रुकुम चौरजहारीबाट सदरमुकाम खलंगा आउँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् । जसमा ३ जनाको अवस्था गम्भीर रहेको छ भने ८ जनाको अवस्था मध्यम र १० जनाको अवस्था सामान्य रहेको छ ।
घाइतेहरूको मिसन हस्पिटल चौरजहारीमा उपचार भइरहेको छ । जिप तीव्र गतिमा रहेको तथा ओभर लोडका कारण दुर्घटनामा परेको प्रहरीको अनुमान रहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गैरीजिउलामा, #जिल्लाको चौरजहारी
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्