मंसिर ७ एकै ठाउँ, एकै समय दुर्गा प्रसाईँ र युवा संघको आन्दोलन !

काठमाडौं । मंसिर ७ गते नेकपा एमालेको भातृसंगठन युवा संघ र मेडिकल ब्यवसायी दुर्गा प्रसाईँले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्ने भन्दै आक्रामक प्रचार–प्रसार गरिरहेका छन् । शक्ति प्रदर्शनका नाममा एमाले नेता महेश बस्नेत र दुर्गा प्रसाईँले माइतीघरलाई आ–आफ्ना समर्थक बोलाएर भिड्ने रणनिति बनाइरहेका छन् । बस्नेत र प्रसाईँले एकै ठाउँ, एकै समय कार्यक्रम गर्ने गरी प्रचार–प्रसार गरिरहँदा काठमाडौं प्रशासन भने मौन छ ।
मंसिर ७ गते काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शनका लागि यूवा संघ र मेडिकल ब्यवसायी दुर्गा प्रसाँई शक्ति प्रदर्शनको होडमा दौडिरहेका छन् । सार्वजनिक कार्यक्रममै एक अर्कोलाई गाली गर्दै हिडिरहेका नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल ब्यवसायी दुर्गा प्रसाईँ अहिले मंसिर ७ गते एकै ठाउँ एकै समय शक्ति प्रदर्शन गर्ने भन्दै टोल–टोलमा पुगिरहेका छन् । माइतीघरमा मानिस जम्मा गर्न बस्नेत र प्रसाईँको दौडधुप चलिरहेको छ ।
सार्वजनिक कार्यक्रममै बस्नेत र प्रसाईँले माइतीघरमै भिड्ने भन्दै धम्की दिइरहेका छन् । एकले अर्कोलाई तल्लोस्तरको गाली गर्नु अनि एकैदिन माइतीघरका कार्यक्रम राख्नुलाई भिड्ने नै योजना दुबैको देखिन्छ । माओवादी हुँदै एमालेको राजनीति र नेताहरुको चुलोचौकामा पुग्दै नाडी छामेका दुर्गा प्रसाईँ पूर्वतिर र देशका विभिन्न स्थानबाट माइतीघरमा सर्वसाधरण ल्याउने रणनितिले प्रचार–प्रसार गरिरहेका छन् ।
महेश बस्नेत पनि सरकार बिरुद्ध, भ्रष्टाचार बिरुद्ध भन्दै भक्तपुरदेखि विभिन्न स्थानबाट युवा संघका प्रतिनिधि काठमाडौंमा उतार्ने उदेश्यसहित खटनपटनमा लागिरहेका छन् । बस्नेत गणतन्त्र जोगाउने र प्रसाईँ राजतन्त्र ल्याउने दुवैको उदेश्य अलग छ । एकै समयको कार्यक्रमलाई लिएर कसले पहिले घोषणा ग¥यो भन्ने विवाद पनि उत्तिकै छ ।
एकले अर्कोलाई भिड्न कार्यक्रम जुधाएको दावी गरिरहेका छन् । ब्यक्तीगत रिसिईवी नै साधेर बस्नेत र प्रसाईँ दौडिरहेका छन् । प्रसाईँले मुक्त आन्दोलनका नाममा बैंक तथा बित्तिय संस्थाबाट पीडित नागरिकलाई माइतीघरमा उतार्ने भन्दै गाउँ टोलमा पुगिरहेका छन् । प्रसाईँले राजतन्त्र ल्याउने भन्दै पूरानो राष्ट्रिय गान समेत कार्यक्रममा बजाउन थालेका छन् ।
सरकारलाई नै चुनौति प्रसाईँले विभिन्न गतिविधि गरिरहेका छन् । प्रसाँईसँग भिड्ने गरी महेश बस्नेतले पनि अनेक लान्छना र धम्की दिइरहेका छन् । तर, दुबैले प्रचार–प्रसारलाई तिब्रता दिदै ब्यानर पम्पलेट र घरदैलो अभियान गर्दा एकै ठाउँ एकै समय कार्यक्रम बताइरहँदा समेत जिल्ला प्रशासन कार्यालयले केही जानकारी नभएको जनाएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रवक्ता रविन्द्रप्रसाद आचार्यले प्रचार–प्रसार र कार्यक्रमबारे केही थाहा नपाएको र जानकारी पनि नआएको बताए । प्रशासनलाई थाहै नहुनु र माइतीघरमा दुबै पक्षले मानिसहरु जम्मा गर्दै गर्दाको अवस्थालाई बेलैमा सोच्ने होइन भने ठूलो समस्या निम्तनेमा दुई मत छैन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ब्यवसायी दुर्गा प्रसाईँ, #मंसिर ७ गते नेकपा, #माइतीघरमा विरोध
तपाईको कमेन्ट लेख्नुहोस्