Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

मुगुमा सामुहिक हत्याकाण्डः श्रीमानसँगको रिसइवी साँध्न श्रीमती र छोराछोरीको हत्या


काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका ६ मन्दु गाउँमा ४ जनाको सामूहिक हत्याका आरोपितले श्रीमानसँगको रिसइबी साँध्न श्रीमती र तीन छोराछोरीको हत्या गरेको बयान दिएका छन् । प्रहरीले हत्या आरोपमा मुगुकै पिना गाउँपालिका–७ घर भएका ३० वर्षीय गोर्खबहादुर शाही ठकुरी र सोही पालिकाको वडा नम्बर ८ घर भएका ३१ वर्षीय गोपाल बोहोरालाई पक्राउ गरेको थियो ।

मुगु प्रहरीले उनीहरुलाई शुक्रबार सार्वजनिक समेत गरेको छ । उनीहरुले कार्तिक ८ गते साँझ छायाँनाथ रारा नगरपालिका–६ मन्दुका दीपक बोहराकी श्रीदेवी, ११ वर्षीय छोरा मनोज, वर्ष ७ की छोरी अप्सरा र ५ महिनाका छोरा रहरको हत्या गरेका थिए । हत्या आरोपमा पक्राउ परेका गोपाल पनि बैदेशिक रोजगारीको लागि कतार गएका थिए । राम्रो काम नपाएर २ वर्षपछि उनी नेपाल फर्किएका थिए ।

दीपकले कतारमा ‘राम्रो कमाइ’ गरेकाले उक्त कम्पनीमा काम गर्ने गरी आफूलाई समेत भिसा पठाइदिन गोपालले आग्रह गरेका थिए । तर, दीपकले स्वीकारेनन् । त्यसपछि गोपालले रिसइवी साँध्न दीपकको परिवारको हत्या गर्ने योजना बनाएको खुलेको बयान प्रहरीलाई दिएका छन् ।

गोर्खबहादुरले घटनास्थलबाट बरामद गलबन्दी आफ्नो भएको प्रहरीसमक्ष बयानसमेत दिएका छन् । गोपालले गत जेठमा छायाँनाथ रारा नगरपालिका– ७ पिना घर भई हाल बाँकेको बैजनाथ गाउँपालिका( १ चिसापानी बस्ने ३० वर्षीय गोर्खबहादुर शाहीलाई भेटेर दीपकको परिवारको हत्या गर्ने र श्रीदेवीसँग भएको १०–१२ तोला सुन र नगद लुटपाट गर्ने योजना बनाएको मुगु प्रहरीले बताएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मुगुको छायाँनाथ, #मुगुमा सामुहिक हत्याकाण्डः

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं