प्रधानमन्त्री प्रचण्ड ६ बर्षपछि रोल्पाको थवाङमा, सम्झिए युद्धकालमा विताएका पल

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झण्डै ६ वर्षपछि रोल्पाको थवाङ पुगेका छन् । सशस्त्र द्वन्द्वका क्रममा रोल्पालीले प्रधानमन्त्री प्रचण्डलाई काँधमा काँध राखेर साथ दिएका थिए । सशस्त्र विद्रोहको तयारी, उठान र सञ्चालन रोल्पाबाटै सुरु भएको थियो । रोल्पा थबाङकै नागरिकले उनलाई सत्ताको बागडोर सम्हाल्न भर्याङ चढाएका थिए । तर, प्रधानमन्त्री प्रचण्ड ६ वर्ष सम्म पनि थबाङ पुगेनन् ।
प्रचण्डले आफै सामाजिक सञ्जालमा स्टाट्स राख्दै भने ६ बर्षपछि थवाङ आउन पाउदा निक्कै खुशी छु । रुकुम रोल्पाका नागरिकले तातो गोली खान तयार भएर आफनो् जिवन प्रचण्डलाई सुम्पिएका थिए । तर, प्रचण्डले भने त्यही जिल्लाका नागरिकलाई ६ बर्षसम्म वेवास्ता गरेको प्रष्टै देखिन्छ । तत्कालिन माओवादी विद्रोहको उदगमस्थल रोल्पाको गणतन्त्र स्थापना र संविधान निर्माणमा ठूलो योगदान भएको उनीले चर्चा गरेका छन् ।
गणतन्त्र स्थापना गर्न धेरै रोल्पालीले रगत बगाएका छन् । त्यसै बलिदानीको जगमा देशमा गणतन्त्र आएको र संविधान जारी भयो । सशस्त्र द्वन्द्वका क्रममा थवाङलाई माओवादीको आधार क्षेत्रका रुपमा समेत चिनिन्थ्यो । तर, अहिले प्रचण्डले थबाङका नागरिकको गुण विर्सिएको कतिपयको टिप्पणी छ । प्रधानमन्त्री प्रचण्डले तिन तिन पटक सत्ताको बागडोर सम्हाल्ने मौका पाए ।
थवाङमा शरिरमा अझै पनि द्वन्दको घाउ र गोलीका डोपहरु ताजै छन् । करिब ६ वर्षपछि प्रचण्डको थबाङ कमब्याक हुनुमा पनि राजनितिक स्वार्थ समेटिएको धेरैको विश्लेषण छ । प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ । म ४० वर्षअघि पहिलो पटक थवाङ आएको थिएँ । जनयुद्धको तयारी, उठान र सञ्चालन यहीं आधार बनाएर गरिएको थियो ।
थवाङ विचार र क्रान्तिको प्रतीक हो । यसले विचार दियो, गुणात्मक परिवर्तन दियो । प्रचण्डले थवाङ आएर आफूले उर्जा लिएर फर्किने गरेको दाबी गरे । थवाङमा भावुक देखिएका प्रचण्ड रोल्पाको सदरमुकाममा गरिएको कार्यक्रममा थवाङको प्रशंशा गरेका थिए ।
जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेलेको भन्दै नयाँ चरणको क्रान्तिको तयारीमा आफूहरु लागेको प्रधानमन्त्री प्रचण्डले दाबी गरे । रोल्पाले देशमा ठूलो योगदान दिएको भन्दै विकास पनि क्रमश भइरहेको दाबी गरे । पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड काठमाडौं १० का साथै रोल्पाबाट चुनाव जितेका थिए । झण्डै ६ वर्षपछि थवाङ पुगेका प्रचण्डले ४० वर्षअघि पहिलो पटक थवाङ आएको पनि सम्झिएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #६ वर्षपछि रोल्पाको थवाङ, #प्रचण्ड झण्डै ६ वर्षपछि
तपाईको कमेन्ट लेख्नुहोस्