Techie IT
  • ४ फागुन २०८१, आईतबार
KhojPatrika

रिगलको कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णय बदर,अझै ११ बर्ष कैद भुक्तानी गर्नुपर्ने !


काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेको छ । बिहिबार सर्वोच्चले रिगल भनिने योगराज ढकाललाई दिइएको कैदमिनाहको सरकारको निर्णय बदर गरेसंगै चेतन मानन्धरको हत्यामा संलग्न ढकाल पुन पक्राउ परेका छन् । सरकारले असोज ३ गते संविधान दिवसको अवसरमा जघन्य हत्या अभियोगमा कैद भुक्तान गरिरहेका रिगल भनिने युगराज ढकाललाई कैद माफी दिएपछि, उनी थुनामुक्त भएका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैदमाफी दिएपछि, राष्ट्रपति संस्थामाथी नै प्रश्न उठेको थियो । त्यसलगत्तै आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् साथै सरकारको निर्णयविरुद्ध चेतनकी पूर्वपत्नी भारती मानन्धर १७ असोजदेखि अनशन समेत बसेकी थिइन् ।

सर्वोच्चले बिहिबार उक्त निवेदनको फैसलामा सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय बदर गरेको हो । ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासमा रिटको सुनुवाइ भएको होे । चेतनकी पत्नी भारतीको रिटमाथि प्रारम्भिक सुनुवाइको क्रममा असोज १८ गते न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले विभिन्न प्रश्न उठाउँदै विपक्षीलाई मिति र समयसमेत तोकेर लिखित जवाफ मागेको थियो । यो फैसलासंगै पिडितले न्याय पाएको र न्यायलय भन्दा ठूलो अरु नरहेको भारती शेर्पाको पक्षमा बहस गरेको मध्येको अधिवक्ता भनाई छ ।

सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी कारागारमुक्त भएका थिए । २०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै ३ वटै तहका अदालतले दोषी ठहर गरेको थियो । सर्वोच्चको फैसला आएसंगै युगराज ढकाल रिगल राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ पुन पक्राउ परेका छन् । उनलाई प्रहरीले बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो । अव उनीले अझै ११ बर्षबढी कैद भुक्तानी गर्नुपर्नेछ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #योगराज ढकाल रिगल, #सरकारको निर्णय बदर, #सर्वोच्च अदालत

तपाईको कमेन्ट लेख्नुहोस्