एमाले फुटेको दुई वर्ष पुरा, एकीकृत समाजवादीबाट एमालेमै फर्किदै नेता कार्यकर्ता
काठमाडौं । नेकपा एमाले विभाजन भएको दुईवर्ष पुरा भएको छ । एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका नेताहरु भने एमालेमै फर्कने क्रम शुरु भएको छ । तर अध्यक्ष माधवकुमार नेपालले भने पार्टी विस्तार हुँदै गएको दाबी गरेका छन् । पार्टी स्थापनाको दुईवर्षपछि नेकपा एकीकृत समाजवादीको महाविधेशन आगामी माघमा हुने तय भएको छ ।
नेकपा एकीकृत समाजवादी स्थापनाको दुईवर्ष पुरा भएको छ । २ वर्षअघि नेकपा एमालेबाट विद्रोह गर्दै माधवकुमार नेपाल, झलनाथ खनाल लगाएतका नेताहरुले नेकपा एकीकृत समाजवादी स्थापना गरेका छन् । पार्टी स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी बिस्तार हुँदै गएकोमा नेकपा एमाले आतंकित बनेको बताएका छन् ।
अध्यक्ष नेपालले एकीकृत समाजवादीले राजनीतिमा आफ्नो औचित्य पुष्टि गरेको समेत बताएका छन् । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धनले संविधान उल्लंघन गर्दा पार्टीले आफ्नो धारणा स्पष्ट गर्न नसकेको बताएका छन् । उनले पार्टी स्थापनाको औचित्य पुष्टि गर्नुपर्ने समेत बताएका छन् ।
नेकपा एकीकृत समाजवादीभित्र अहिले दुईधार देखिएको छ । सम्मानित नेता झलनाथ खनालसहित सचिव रामकुमारी झाँक्री लगाएतका नेताहरुले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेको बताउन थालेका छन् । भने कतिपय जिल्लामा भने नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटि नै एमालेमै समाहित हुने क्रम बढेको छ । त्यसोत मुकुन्द न्यौपाने लगाएतका नेताहरु एमालेमै फर्किसकेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एमाले फुटेको दुई वर्ष पुरा, #नेकपा एकीकृत समाजवादी
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्