Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

सहकारी बैंकका कर्मचारीहरूलाई कर्जाको कानुनी प्रक्रिया तथा धितो मूल्याङ्कन व्यवस्थापन तालिम


काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आफ्ना कर्मचारीहरूलाई कर्जाको कानुनी प्रक्रिया तथा धितो मूल्याङ्कन व्यवस्थापनको विषयमा एक दिवसीय तालिम प्रदान गरेको छ । शनिवार बैंकको काठमाडौँ उपत्यका भित्रका शाखा प्रमुख, शाखामा कर्जा सम्बन्धी काम गर्ने कर्मचारीहरू, कर्जा विभाग, जोखिम व्यवस्थापन विभाग र असुली विभागका कर्मचारीहरूलाई कर्जाको महत्व, कर्जाको प्रक्रिया, कर्जाको उपयोगिता, कर्जा विश्लेषण तथा व्यवस्थापन, जोखिम व्यवस्थापन, लघु कर्जा र धितो सुरक्षणका लागि लिइने कागजात, लगानी असुली तथा निष्क्रिय कर्जा व्यवस्थापन, कर्जाको कानुनी प्रक्रिया, धितो मूल्याङ्कनका कानुनी व्यवस्था, कर्जा जोखिमका विभिन्न आयाम, कर्जा जोखिम न्यूनीकरणका उपाय, व्यवसाय प्रवर्द्धन, भाखा नाघेको कर्जाको व्यवस्थापन, डिजिटलाइजेसन, सम्पत्ति शुद्धीकरण, सकारात्मक सोच, कर्मचारी उत्प्रेरणा लगायतका विषयमा जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरेको बैंकले जनाएको छ ।

तालिमको उद्घाटन गर्दै बैंकका अध्यक्ष के.बी. उप्रेतीले कर्मचारीहरू दक्ष र व्यवसायीक हुनुपर्ने बताउए । हरेक प्रकारका तालिम तथा शिक्षाका माध्यम मार्फत कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी बैंककोे साख र गरीमा वृद्धिमा कर्मचारीहरूलाई सरिक बनाई छिटो छरितो, गुणस्तरीय र प्रविधियुक्त सेवा सञ्चालनका लागि कर्मचारीहरूलाई दक्ष बनाउन बैंकले तालिम तथा शिक्षाको कार्यक्रममा जोड दिए ।

प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले कार्यसम्पादन सीप कौशल, कार्यसम्पादन प्रवृत्ति र कार्यसम्पादन लक्ष्य निर्धारण मार्फत कर्मचारीहरूको कार्यसम्पादनमा प्रभावकारिता ल्याउन सकिने बताए । बैंकको तालिम विभागका बरिष्ठ अधिकृत मिना कुमारी शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा कर्जाको कानुनी प्रक्रिया तथा धितो मूल्याङ्कन व्यवस्थापनको विषयमा मुक्ति पाण्डे र कर्जा कानुनी प्रक्रिया सम्बन्धी विक्रान्त कोइरालाले सहजीकरण गरेका थिए ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं