अन्तर्राष्ट्रिय सहकारी बैंकिङ संघको १०१ औं साधारण सभा नेपालमा हुने
काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी बैंकिङ संघ (आईसीबिए) को १०१ औं वार्षिक साधारण सभा नेपालमा हुने भएको छ । आईसीबिएको बोर्ड बैठकद्वारा आगामी असोज २३ गते (अक्टोवर ११ तारिक) का दिन नेपालमा गर्ने निर्णय भएको संघले जनाएको छ । कार्यक्रममा संघको बजेट तथा कार्यक्रमको विषयमा छलफल हुनुको साथै आगामी ४ वर्षे कार्यकालको लागि सञ्चालक समितिको निर्वाचन समेत हुनेछ ।
साधारण सभामा नेपाल सहित अर्जेन्टिना, अष्ट्रेलिया, बेल्जियम, इङ्ल्यान्ड, डेनमार्क, फ्रान्स, जर्मनी, हल्याण्ड, भारत, इटाली, स्वीट्जरल्याण्ड, सर्बिया, अमेरिकाका सहित विश्वभरका ५४ देशका सहकारी बैंकका प्रतिनिधिहरु सहभागि हुने कार्यक्रममा राष्ट्रिय सहकारी बैंक स्थानिय आयोजकको रुपमा रहने आईसीबिएको पे्रसिडेन्ट सुब्रह्मण्यम भीमाले जानकारी दिए ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसिए) को एक अंगको रुपमा रहेको उक्त संघले सहकारी बैंकहरूको मूल्य, मान्यता, सहकारीको अन्तर्राष्ट्रिय सिदान्त र अन्य बैंकहरूले प्रयोग गर्ने कार्यक्रमहरु अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरमा प्रवद्र्धन गर्न सहजीकरण गर्दै आएको छ । १९ अगस्ट १८९५ मा बेलायतको लन्डनमा पहिलो पटक स्थापना भएको उक्त संघले सदस्यको प्रमुख मुद्दाहरूमा सदस्यहरूबीच सूचनाहरुको आदान–प्रदानलाई सहजीकरण र प्रोत्साहन गर्ने र समाधान खोज्नका लागि अन्तर सहकारी बैंक बीच सहकार्य गर्ने गरेको छ । आईसीबिएको सदस्यता प्राप्त गर्ने नेपालबाट राष्ट्रिय सहकारी बैंक मात्र एक हो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्