बस्दै नबसी भदौ ५ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । दलहरुबीच सहमति नजुट्दा आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताको बैठकले संसद सञ्चालन गर्ने विषयमा सहमति जुटाउन नसकेपछि भदौ ५ गतेसम्मका लागि संसद बैठक स्थगित गरिएको हो ।
प्रधानमन्त्री र सभामुखले बोलाएको दुबै बैठकमा नेकपा एमालेले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने अडान राखेको थियो । सरकार पनि उच्चस्तरीय छानबिन समिति गठन नगर्ने अडानमा छ । दुबै पक्ष आआफ्नो अडानबाट पछि नहटेपछि संसद स्थगित भएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको करिब ६० किलोग्राम सुन साउन २ गते सिनामंगलबाट बरामद भएको थियो । नेकपा एमालेले उक्त सुन भन्सार पास भएर आउनुमा गृहमन्त्री र अर्थमन्त्री पनि दोषी रहेको दाबी गर्दै उनीहरुमाथि पनि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि संसद बैठक अवरोध गर्दै आएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दलहरुबीच सहमति, #पुष्पकमल दाहाल प्रचण्ड, #सभामुख देवराज, #स्थगित
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्