विपदबाट ५० जिल्ला प्रभावित, दुई महिनामै ४१ जनाको मृत्यु
काठमाडौं । गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपदबाट ५० जिल्ला प्रभावित भएका छन् । ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपदमा परेर ४१ जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ । ३१ जना बेपत्ता छन् । ती जिल्लामा विपद्बाट ५५ जना घाइते छन् ।
विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ । यस्तै बेपत्ता हुनेहरु छ जिल्लाका छन् । सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता भएका छन् । २८ जिल्लाका ५५ जना घाइते भएका छन् । विपदमा परेर १३० घर पूर्णरुपमा क्षति भएका छन् भने १९३ घरमा आंशिक क्षति पुगेको छ।
मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, सङ्खुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो । मनसुनका अवधिमा मुलुकभर कम पानी पर्ने आँकलनका बिच भारी वर्षाले विभिन्न जिल्लामा बाढी र पहिराका घटना निम्त्याइरहेको छ । यद्यपि कतिपय जिल्लामा अझै वर्षा हुन सकेको छैन ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मनसुन भित्रि, #मनसुनजन्य विपद
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्