माओवादीका शीर्ष नेताहरुमाथि प्रश्नै–प्रश्न ? सम्पत्ति छानबिन गर्न माग !

काठमाडौं । साउन १७ गतेबाट सुरु भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटि बैठक जारी छ । कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा जारी बैठकको तेस्रो दिन केन्द्रिय सदस्यहरुले समसामयिक बिषयमा धारणा राखेका छन । बैठकमा केन्द्रिय सदस्यहरुले नेताहरुको सम्पती छानबिन हुनु पर्ने बिषयलाई जोडतोडले उठाएका छन ।
काठमाडौँ कमलादी स्थित प्रज्ञा प्रतिस्ठानमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटि बैठकमा केन्द्रिय सदस्यहरुले समसामयिक बिषयमा धारणा राखीरहेका छन । शुक्रबार तेश्रो दिनको बैठकमा पनी केन्द्रिय सदस्यहरुले पार्टीमा नेतृत्व परीबर्तनको एजेण्डा उठाउदै नेताहरुको सम्पती छाबिनको मुद्धालाई प्राथमिकताका साथ उठाएका छन ।
त्यसोत बैठकको पहिलो दिनबाटै केन्द्रिय सदस्यहरुले सिर्ष नेताहरुको सम्पति छानबिन गर्नुपर्ने मुद्धालाई प्राथमिकताका साथ उठाएका थिए । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी विधान अनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने आवाज पनी उठाएका छन । उनीहरुले पार्टीले बनाएको योजनाहरु कार्यान्वयन नहुने समस्या रहेको पनि बताएका छन् ।
बैठकमा केन्द्रीय सदस्यहरुले भबिष्यको समेत चिन्ता गरिरहेका छन । उनिहरुले पार्टी ओरालो लागेको भन्दै चिन्ता ब्यक्त गरेका छन । बैठकमा केहि केन्द्रिय सदस्यहरुले भने पार्टी नेतृत्वको कार्यशैली माथी प्रश्न उठाएका छन ।
केन्द्रिय कमिटिको बैठकलाई केहि केन्द्रिय सदस्यहरुले पनी पार्टी सुधारका लागी सञ्जीबनी बुटी जस्तै रहेको टिप्पणी गरेका छन । उनिहरुले बैठकपछी पार्टीले गति लिने बिश्वाश गरेका छन । बैठकमा केहि केन्द्रिय सदस्यहरुले भने बर्तमान सरकारको प्रसंसा गरेका छन । खासगरी भ्रष्टाचार बिरुद्ध सुसानका क्षेत्रमा सरकारले राम्रो काम गरीरहेको उनिहरुको बुझाई छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेकपा माओवादी केन्द्र
ताजा खबर
- १विद्या भण्डारीले पार्टी अध्यक्षमा आँखा गाडेकाले सदस्यता खारेज गरियोः ओली
- २चलचित्र जनक्रान्ति निर्माण हुने
- ३राजीनामा दिएको भनिएका मन्त्रीहरूलाई बहादुरले गरे बर्खास्त
- ४विद्या भण्डारी पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्ष खरेल निलम्बित
- ५मधेश जाँदै प्रधानमन्त्री ओली, भन्छन्– किसानका कुरा सुनौं भन्ने लागेको छ
तपाईको कमेन्ट लेख्नुहोस्