संसदीय समितिमा सभापति चयनमा दलहरुको बेवास्ता
काठमाडौं । सानो संसदको रुपमा रहेको संसदीय समितिमा सभापति चयन हुन सकिरहेको छैन । दलीय भागबण्डाका आधारमा समितिका सभापतिहरु चयन गर्ने सहमति यसअघि नै भइसकेको छ तर लामो समय वित्दा पनि समितिका सभापति चयन हुन नसकेको हो । जसका कारण समितिका काम कारवाहीहरु प्रभावित भइरहेका छन् ।
संसदीय समिति गठन भएको लामो समय बितिसक्दा पनि समिति सभापति चयन सकेको छैन । जसका कारण समितिले गर्ने काम, कारबाहीहरु प्रभावित भइरहेको छ । हाल समितिको बैठक समितिका ज्येष्ठ सदस्यको सभापतित्वमा बस्दै आएको छ । निर्वाचित समिति सभापति नहुँदा समितिको काम कारबाही प्रभावकारी हुन नसकेको बताइएको छ ।
राजनीतिक दलहरुले आपसी समझदारीमा समिति सभापतिको भागबन्डा गरेको कुरा नेताहरुले बताउँदै आएपनि हालसम्म समितिले सभापति भने पाउन सकेको छैन । विभिन्न समितिमा गरी १० वटा विधेयकहरु विचाराधिन अवस्थामा रहेको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा चार वटा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एउटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा एउटा, कानून, न्याय तथा मानव अधिकार समितिमा दुई वटा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दुई वटा विधेयक दफावार छलफलका लागि पठाइएको छ ।
त्यसबाहेक प्रतिनिधि सभामा ६ वटा विधेयक प्रक्रियामा रहेको छ । विधेयकहरु समितिमा आएको भइपनि गम्भिर प्रकृतिका विषयवस्तुहरु आइनसकेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी बताउछन् । समिति सभापतिको नेतृत्वमा समिति चलाउँदा नै समितिको सक्रियता र क्रियाशीलता बढ्ने उनको भनाई छ ।
उनले समिति निर्वाचनपछि समितिले थप गति लिने विश्वास व्यक्त गरे । उनले समितिहरुमा सार्वजनिक हीत र सरोकारका बिषयमा उजुरीहरु परिराखेका जानकारी दिए । समितिले उजुरी उपर सम्बन्धित निकायलाई बोलाएर छलफल गर्ने तयारी भइरहेको उनले बताए । यस अघिकै कतिपय उजुरीहरु पनि यथावत रहेका र नयाँ उजुरीहरु पनि परिरहेको उनी बताउछन् । उनले कार्यपालिकाबाट सम्पादन हुने कामहरुको निगरानी संसदीय समितिले गर्ने भएकाले समितिको काम प्रभावकारी हुनुपर्नेमा उनको जोड थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दलीय भागबण्डा, #सभापति चयन, #संसदीय समिति
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्