ठेकेदारले किन मागे अर्थमन्त्रीको राजीनामा ?
काठमाडौं । ठेक्का सम्झौताको म्याद थप्नुपर्ने र समयमै भुक्तानी हुनुपर्ने मागसहित निर्माण व्यवसायीहरुले अर्थमन्त्रीको राजीनामा मागेका छन् । समयमै निर्माणको काम नगर्ने व्यवसायीहरुले उल्टै मन्त्रीको राजीनामा मागेका हुन् ।
निर्माण व्यवसायीको लापर्वाहीका कारण समयमै आयोजना पुरा हुन नसकेको भन्दै आलोचना भइरहेका बेला व्यवसायीहरुले भने सरकारकै आलोचना गरेका हुन् । शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा निर्माण व्यवसायीहरूले कामको भुक्तानी नपाएको भन्दै धर्ना दिएका छन् ।
अर्थमन्त्री, अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीहरूले पनि निर्माण व्यवसायीहरूले गरेका भुक्तानी नदिएको भन्दै उनीहरुले विरोध गरेका हुन् । व्यवसायीहरुले असार मसान्तसम्म निर्माण व्यवसायीले गरेका कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।
विरोध कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष रामजी पन्तले निर्माणसम्बन्धी सम्झौतालाई सरकारले अस्वीकार गर्दै व्यवसायीले बजारबाट ऋण लिएर निर्माण सुरु गरे पनि सरकारले नतिरेको र निर्माण व्यवसाय ठप्प भएको बताए । उनले भुक्तानी गर्न नसकेका अर्थमन्त्रीको तत्काल राजीनामा माग समेत गरेका छन् ।
व्यवसायीले माइलस्टोनको व्यवस्था तत्काल खारेज गर्ने, मूल्य समायोजन तत्काल कार्यान्वयन गर्नुपर्ने, असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तत्काल भुक्तानी गर्ने, निर्माण कार्यको म्याद थप गर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #निर्माण व्यवसायी, #भुक्तानी हुनुपर्ने
ताजा खबर
- १ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’
- २निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
- ३एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
- ४बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- ५उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन



तपाईको कमेन्ट लेख्नुहोस्