संसदको अवरोध खुलाउन दलहरुकै आनाकानी, एमालेको मागमा सुरु भएन छलफल !
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामाबाट नेकपा एमाले पछि नहटेपछी शुक्रबारका लागी बोलाइएको प्रतिनिधिसभाको बैठक बस्न सकेन । सहमतिका लागी सभामुख देबराज घिमिरेले देखाएको सक्रियता काम नलागेपछी आउदो आईतबार १ बजे सम्मका लागी प्रतिनिधिसभाको बैठक स्थगित भएको हो । राष्ट्रियसभामा पनी आक्रामक बनेको एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामालाई बटमलाईन बनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामालाई बटमलाईन बनाएको नेकपा एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभाको अबरोधलाई कायमै राखेको छ । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागीरहेको छ । प्रचण्डले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडानमा रहेको एमालेले शुक्रबार पनी राष्ट्रिय सभाको बैठक अबरुद्ध गरेको छ ।
राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको एमालेले प्रतिनिधिसभाको बैठक समेत चल्न नदिने बताएपछी शुक्रबारबो प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । एमालेको अडानका कारण प्रतिनिधिसभाको बैठक अगाडि जान नसक्ने भएपछि सभामुखकै आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो । संसद सञ्चालनका लागी सभामुख देबराज घिमिरेले पटक पटक पहल गरेका थिए ।
शुक्रबार पटक पटक भएको छलफलमा एमाले नेताहरुले संसद चल्न नदिने अडान कायमै राखेपछी प्रतिनिधिसभाको बैठक आईतबार सम्मका लागी स्थगित गरीएको हो । सभामुख घिमिरेले शुक्रबार मात्रै प्रमुख दलका नेताहरुसँग चार पटक औपचारिक छलफल गरेका थिए । छलफलका क्रममा एमाले नेताहरुले प्रधानमन्त्री प्रचण्डले राजनीनामा नदिदा सम्म संसदको बैठक चल्न नदिने अडान राखेका थिए ।
काठमाडौँमा भएको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको भनी अभिव्यक्ति दिएका थिए । उनको यो अभिब्यक्तीले नेपालको शिर निहुरीएको भन्द्रै एमालेले राजीनामालाई बटम लाईन बनाएको हो । त्यसोत प्रधानमन्त्री दाहालले सार्वजनिक मञ्चबाटै प्रष्टिकरण पनी दिईसकेका छन । प्रचण्डले संसदमा समेत यो बिषयमा प्रष्टिकरण दिने तयारी गरेका छन । तर एमालेले भने प्रचण्डले राजीनामा नदिदासम्म संसद चल्न नदिने अडान लिएको हो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एमालेको माग, #दलहरुकै आनाकानी, #संसदको अवरोध
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्