एमाले अध्यक्ष ओलीको गम्भिर आरोपः प्रचण्डले गोप्य रुपमा रअ प्रमुख भेटे
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत पुगेर भारतीय गुप्तचर प्रमुखसँग गोप्य रुपमा भेटेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणका बेला भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी ओलीले गरेका हुन् । ओलीले उक्त भेट पनि प्रधानमन्त्रीले लुकाएको आरोप लगाए । भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रुपमै भेटेको र कुनै कुरा नलुकाएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएर राष्ट्रहीतका पक्षमा कुनै कुरा नगरेको आरोप लगाए । अध्यक्ष ओलीले नेपालमा बहुदलिय व्यवस्था रहेको भएपनि लोकतन्त्र र कानूनी राज नरहेको दाबी समेत गरेका छन् । नेपालको प्रधानमन्त्री नेपाली जनता र नेपाली संसदबाट नचुनिएको प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले लोकतन्त्र, देश र सार्वभौम सत्तामाथि ठट्टा गरिएको उनको भनाई छ ।
नेपाली जनतामा रहेको सार्वभौम सत्ताको मजाक गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र सत्तापक्षसँग कुनैपनि स्थानमा भेट्न तयार रहेको बताए ।
अध्यक्ष ओलीले सत्ता गठबन्धनले देशका हीतहरुलाई जन्मदिनको केक झैँ काटेको आरोप लगाए । अध्यक्ष ओलीले बालुवाटार, शीतलनिवास लगायतका अनियमतताका घटनाहरुको सत्यतथ्य छानबिनमा सहयोग गर्न एमाले तयार रहेको बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #ओलीको गम्भिर आरोप, #पुष्पकमल दाहाल
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्