सहकारीलाई उत्पादनसँग जोड्न जरुरी छः के.बी उप्रेती
काठमाडौं । राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.बी उप्रेतीले सहकारीलाई बचतसँग नभएर उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् ।
‘सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे’ मा रिपोर्टर्स क्लब नेपालमा भएको कार्यक्रममा उनले सहकारी ऐनमा विद्यालय र उद्योग खोल्ने व्यवस्था रहेपनि शिक्षा ऐन र उद्योग ऐनले रोकेको उल्लेख गदै त्यसलाई खुल्ला गर्नुपर्ने बताएका हुन् ।
माइतीघरमा बसेर मात्रै सहकारी समस्या समाधान नहुने उनको भनाई छ । उनले अहिले सहकारीमात्रै नभएर कुनैपनि क्षेत्र राम्रो नरहेको बताए । उनले सहकारीलाई पहिला बचाउने र त्यसपछि सुधारका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले अहिलेपनि कतिपय सहरकारीले राम्रो काम गरिरहेको बताए । सहकारीलाई स्थानीय र प्रदेश सरकारले नियमन गर्न पनि नसकेको उनको भनाई छ ।
सहकारी ऐनमा व्यवस्था भएको कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष र कर्जा असुली न्यायधीकरणको गठन हुन आवश्यक रहेको उनले बताए ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्